Wednesday 16th September 2026
साहित्य
Image

निष्ठुरीले छोड्यो जिन्दगीमा आँधी हुरी राखेर । फेरी पनि म बाँची रहेको छु कायम दूरी राखेर । मलाई कमजोर सम्झिने त्यो मित्र राष्ट्रले भुल्यो युद्ध जितेकै हौ बन्दुकको अगाडि खुकुरी राखेर । गलत इल्जाम नलगाउ प्रिया छोडेर गयौ ठिकै छ म चाहान्न तिमीसँग बोल्न कोटमा उजुरी राखेर । एउटा नारीको…

Image

गजल बहर (मिर) मात्रा :२० काफिया बन्धन : इन्छ सहयोगी मनमा भगवान् भेटिन्छ दयालु मान्छे मन्दिर झैं देखिन्छ। सडकमा भोका गरिब जनता देख्दा सरकारको शिर नि कसरी अग्लिन्छ। असत्य कुरा पनि दोहोर्याई रहे सधैँभरि लाई सत्य नै मानिन्छ। गरिब भनेर कहिल्यै नगर्नु नि हेला मर्दा पर्दा आफन्तै चाहिन्छ । इमान्दारिता…

Image

आँशुभित्र लुकाएर रुन्चे हाँसो हाँस्दै आएँ । त्यही हाँसोमा व्यर्थै मैले तिम्रो तस्वीर टाँस्दै आएँ । मिहिनेती, इमान्दार भै आफ्नै कमाइ खानु छोरी, बा आमाको आशिर्वाद मालासरी गाँस्दै आएँ । दुख्दा मुटु सम्झनाले पाखा अनि पखेराको, ढल्केवरका लहरा ती अनायासै मास्दै आएँ । दुखै दु:ख, धोका घृणा समेटेको जिन्दगीमा, साहसको…

Image

श्रवण कुमार जस्तो छोरो कुसंगत र खराब साथीको लहलहैमा लागेर एकदमै खराब आचारणमा बदलियो । त्यसै दिनदेखी कल्याणीका जीवनमा गहिरो पीडाले आकारमण गर्यो । छोरालाई सुधार्न र कुलत छुटाउन लाख प्रयत्न गरिन् सफल भईनन् । उनको हृदय पीडा र पश्चातापले दिनदिन गल्दै गयो । खराबै भए पनि जीवित छ छोरो…

Image

लक्ष्मण न्यौपाने, सिकागो, अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्तर अमेरिका क्षेत्रीय समितिद्वारा रङहरूको पर्व, फागुसँगै विशेष साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । नेपाली भाषा, साहित्यको संरक्षण र संवर्धनको महान अभियान बोकेर अघि बढिरहेको यस संस्थाले नेपालका चाडपर्वहरू विशेष एवं विभिन्न विशिष्ट साहित्यकारहरूका जन्म-जयन्तीलगायत कार्यशाला तथा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ…

Image

घुम्दै फिर्दै म आको ए कान्छी, चिसो चिसो मौसममा इलाम बजारमा । कन्याम डाँडामा देखेको कान्छी, तिमी बस्यौ मेरो नजरमा । ........................................ सुन्तला बोटमा पाकेर पहेंलै, अंगुर चै अझै नि काँचो छ । इसारा गरे है कान्छी आँखैले, यो ज्यानलाई तिम्रै खाँचो छ । ......................................... कान्छीको त्यो मोहनी रुपैमा ,…

Image

बहर : मुसाकिल २१२२ १२२२ १२२२ कुर्नु कुर्दै बसेँ सम्झेर मीठो पल । दुष्ट बन्दै यहाँ गर्छौ तिमीले छल । बुझ्नलाई नसक्ने बुद्धु नेपाली, दुःखले काम गर्दा मिल्छ मीठो फल । वाध्यताले गयो छोरो घरै छोडी साहुको ब्याजले बाबा भए दुर्बल । आपसैमा सबै पक्कै मिलीकन नै स्वास्थ्यको लागि हामी…

Image

कति हुन्छ सहनशीलता नारी भित्र हेर । बढ्यो देशमा बलात्कारी संबिधान केर ।। अपराधीलाई कानुन कहाँ छ सरकार । हत्यारा र बलात्कारी सधैँ हुन थाले फरार ।। आफन्तलाई आफनै बाट हुन लाग्यो डर । भन सरकार नारी अब कसको गर्छिन् भर ।। ठाउँ ठाउबाट आएको छ बलात्कारी केश । किन…

Image

जतिबेला बगैँचामा, फुलहरु फुल्न खोज्थे । भमरा र मौरी आइ, वरिपरि डुल्न खोज्थे ।। कोहि भर्खर कोपिला त,कोहि फुल्ने तयारीमा , कोहि पुरै फक्रिएका,कोहि भैमा झुल्न खोज्थे । घेरिएको तारबार, लगाइएको गेटका ताला, पाहुनाको स्वागत गर्न,एकाएक खुल्न खोज्थे । फुलको रक्षा गर्ने भन्दा,धेरै हुन्थे टिप्पनेहरु, नबुझेर सज्जनले, फटाहालाई हुल्न खोज्थे…

Image

नजरमा खै कसरी ? शीत पसिसकेछ मोती झैं सम्हाल्छु भन्दाभन्दै खसिसकेछ। अन्जानमै पस्यो कि गहिरिएर मुटुमा जकडिएको शव्दजालमा फसिसकेछ । उम्कनु नि कसरी जाल छरिसकेपछि मुस्कानको चेपारो चारोमा बसिसकेछ। कमजोरीको फाइदा उठायो बेकाइदा मौका पाउँनासाथ बेस्सरी कसिसकेछ। बँधुवा बनाइ निजी स्वार्थपूर्तिका लागि आधिकारिक त्यो औंठाछाप घसिसकेछ। शर्मिला श्रेष्ठ,ललितपुर हाल अमेरिका