Sunday 11th April 2021

केहि उदक -नारायण कोइराला


कोरोना
प्रकोप जारी
न हिँड्नु मनपरी !

कोरोना
खोप अभाव
फेरि कस्तो जाँच ?

कोरोना
कहर बढ्दै
कसरी जानु घर ?

परदेशी
जिन्दगी कस्तो
न यता न उता जस्तो !

टिकट
लिऊँ की
नलिऊँ सबै अलमल !

बागमती
आयो अवस्था
दुःखीको मनमा व्यथा‌ !

गन्तव्य
सुदूरको यात्रा
रोएर रात व्यतित !

व्यथा
पीडाको चित्र
विदेशमा हामी अलपत्र !

बालबच्चा
हाम्रो पर्खाइमा
रातदिन बित्छ सम्झनामा !

बुलबुले
केही नभए
एक परदेशी समस्या !
१०

‘उदक’बारे छोटो जानकारी :
नेपाली साहित्यमा कविताको उपविधाअन्तर्गत लघुत्तम रुप ‘उदक’को बाह्य संरचना अन्तर्गत पहिलो पङ्क्तिमा एक शब्द, दोस्रो पङ्क्तिमा दुई शब्द र तेस्रो पङ्क्तिमा तीन शब्द हुने गर्दछ । ‘उदक’को प्रवर्तक आर्त अकुलीन हुनुहुन्छ ।

त्यस्तै आन्तरिक संरचनामा विषयवस्तु वा भाव र भाषाशैलीय विन्यास (भाषा, शैली, बिम्ब, लय, प्रतिक …) मुख्य रुपमा आएका हुन्छन् । सुन्दर तरिकाले विषयवस्तुको उठान गर्दै उत्कृष्ट तरिकाले भाव उत्कर्षमा पुर्याउन सकेको खण्डमा उदक एक नमुना योग्य बन्न सक्दछ ।

जीवन र जगतका भोगाइका अनुभूतिहरु ‘उदक’मा आउने गर्दछन् । उदकमा समापिका क्रियापदको प्रयोग सकेसम्म कम गर्नु राम्रो देखिन्छ ।
उदाहरण :
/ उदक /
पद्दति
इनारका भ्यागुता
रावणको एकल आधिपत्य !

माथि उल्लेखित उदकमा पहिलो पङ्क्तिमा परिचय, दोस्रो पङ्क्तिमा व्याख्या र तेस्रो पङ्क्तिमा निष्कर्ष दिने काम भएको छ ।

एउटै वाक्यलाई खण्ड – खण्ड गरेर वा व्याकरण विपरित अलग – अलग शब्दलाई जोडेर उदक रचना गर्नु हुँदैन । उदक सिर्जनाका क्रममा एउटै वाक्यलाई भाँचेर अर्थात् टुक्रा पारेर र पृथक शब्दलाई संयोजन गरेर लेख्दा यसको मर्म विपरित हुन जान्छ ।
उदाहरण :
म भात खाएर विद्यालयमा पढ्नलाई जान्छु ।

माथिको वाक्यलाई ३ खण्डमा विभाजन गर्दा :

मभात
खाएर विद्यालयमा
पढ्न लाई जान्छु ।

माथि प्रस्तुत गरिएको ३ खण्डमा विभाजित संरचना उदक भएन ।

तानसेन, पाल्पा
हाल : यूएई


Loading...
सम्बन्धित शीर्षकहरु

तितोपाटी- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन जना मन्त्रीले दिएको राजीनामा स्वीकृत गरेका छन् । एमालेका तर्फबाट मन्त्री बनेकाहरूले दिएको…

तितोपाटी- कुवेतले कोभिड-१९ विरूद्धको खोप सुरु गरेको तीन महीनामा ७ लाख ६ हजारले भन्दा बढिले कोरोना विरूद्धको खोप लगाएका छन…

तितोपाटी- केही दिन अगाडि एनआरएन, पोर्चुगलका कोषाध्यक्षले फर्जी टिकट र फर्जी रेमीट्यान्स बनाई सयौं नेपालीलाई ठगेका छन्। यसबाट पोर्चुगलमा ठगलाई…

प्रतिकृयाहरू