Saturday 19th September 2026

नेतृ झाक्रीलाई स्पष्टिकरणको लागि ७ दिनको समय


तितोपाटी- पुर्वमन्त्री एबम नेकपा एकीकृत समाजबादीकी युवा नेतृ राम कुमारी झाक्रीलाई थप ७ दिन भित्रमा स्पष्टिकरण बुझाउन पाटीको सचिबालय बैठकले समय दिएकोछ । केही दिन पहिला अध्यक्ष माधव नेपाल लक्षित आफ्नो अभिव्यक्तिबारे लिखितमा स्पष्टीकरणको लागि नेतृ झाक्रीलाई १ हप्ताको समय दिने भएको हो ।
नेकपा एकीकृत समाजबादीका नेता प्रकाश ज्वालाले अब देखि पार्टीलाई नकरात्मक असर पार्ने, पार्टी पङतीलाई भ्रम छर्ने अभिव्यक्ति नदिने प्रतिबद्धतासहित ७ दिन भित्र पार्टीमा लिखित आत्मआलोचना गर्ने गरी निर्देशन दिने निर्णय भएको बताए ।

बैठकमा नेतृ झाक्रीलाई सचेत, निलम्बन वा निष्कासनमध्ये के गर्ने भन्नेमा केन्द्रित थियो । झाँक्री स्वयंलाई आत्मालोचना गर्ने या माफी माग्ने मौका दिनुपर्ने पनि केहीले राय राखेका थिए । लुम्बिनीको एक कार्यक्रममा झाँक्रीले ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्लि महाधिवेशनबाट नेतृत्व फेर्नुपर्ने बताएकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

सरकारले भारत, चीन, अमेरिका र बेलायतसहित १३ देशका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्…

नेपाली राजदूतावास कुवेत र मेट्रो मेडिकल ग्रुपको सहकार्यमा खैतानस्थित मेट्रो मेडिकल केयरमा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट करिब १५० जना…

जीवनका केही कथाहरू सम्झँदा मनमा एकैपटक मुस्कान र पीडा दुवै आउँछन्। आज म मेरो जीवनको त्यही महत्वपूर्ण अध्याय—परदेश यात्राको कथा…

प्रतिकृयाहरू
...