Sunday 11th October 2026

एक डाली कोपिला -मीरा ज्ञवाली


कोपिला १
फूलमा जीवनको सार हुन्छ
बाटोको काँडा पन्छ्याएर हेर
रेटिएको मुटुमा भार हुन्छ।

कोपिला २
निर्मल गङ्गा बनेर हेर
फोकासरि जीवन बुझ्ने चाह भए
उडेको चङ्गा बनेर हेर

कोपिला ३
पीडामा रमाउन सिक
काँडाको बीचमा पनि मुस्कुराउँछ फूल
प्रसिद्धि कमाउन सिक

कोपिला ४
टुप्पोदेखि जाने ठाउँ हुदैन
अहमताको शुली चढेर के गर्छाै?
दम्भी सागरमा नाउँ हुँदैन

कोपिला ५
कल्पनामा डुकुल्की मार्दै तैरिँदै छु
सुनामी छालले छल्काएको डुङ्गा रहेछ जीवन
चाहरूपी बहना सार्दै तैरिँदै छु

मीरा ज्ञवाली
बुटवल रुपन्देही, लुम्बिनी प्रदेश ।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल…

युक्रेनको दक्षिणी सहर जापोरिझ्झिया (Zaporizhzhia) मा रूसले शनिबार पाँचवटा ग्लाइड बम प्रहार गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये…

सुडानको ब्लु नाइल (Blue Nile) क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। मानवअधिकार समूह इमर्जेन्सी लयर्स (Emergency…

प्रतिकृयाहरू
...