Wednesday 16th September 2026

स्वतन्त्र रचना -इन्द्र बोन्तावा ‘देवा’


बन्धनलाइ शत्रु ठान्छु, स्वतन्त्रता खोज्न थालें ।
अन्धकारलाई शत्रु ठान्छु उज्यालो खोज्न थाले ।।

स्वतन्त्रतालाई कसैले यहाँ बन्दी बनाइ दिएछ ।
उषाको किरण क्षितिजपारी कतै छेकि दिइएछ ।।

दयाकृपा चाहिदैन मलाई अधिकार खोज्न थाले ।
भिक्षादान चाहिँदैन मलाई कर्मभूमि खोज्न थाले ।।

अधिकार खोजेर पाइदैन त्यसै, यहाँ संघर्ष गर्नु छ ।
बिज्ञानसँग ज्ञानलाइ जोडी जीवन सार्थक पार्नु छ ।।

अज्ञानतालाई दुश्मन ठान्छु, ज्ञान खोज्न थालें ।
लक्षको शिखर पहिल्याउन हिमाल खोज्न थालें ।।


सम्बन्धित शीर्षकहरु

कुवेतको पुनरावेदन अदालतअन्तर्गत राज्य सुरक्षा इजलासले हिजबुल्लाहको सदस्यता तथा आर्थिक सहयोगसम्बन्धी मुद्दामा तल्लो अदालतले सुनाएको फैसला सदर गरेको छ। अदालतले…

मलेसियाले नेपालका २५ वटा म्यानपावर कम्पनीलाई मात्र एफडब्लूसीएमएस प्रणालीमार्फत श्रमिक पठाउने अनुमति दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकारले यसलाई…

अमेरिकाले पहिलो पटक आफूले अन्तरिक्ष (स्पेस) मा हतियार तैनाथ गरेको कुरा सार्वजनिक रूपमा स्वीकार गरेको छ। अमेरिकी स्पेस फोर्सका अनुसार…

प्रतिकृयाहरू
...