Wednesday 16th September 2026

धर्मिला कार्कीको गजल संग्रह – १८


अब उसलाई कहिल्यै मेरो साथ चाहिन्न रे ।
मेरो माया उस्को मनमुटुमा मात्रै अटिन्न रे ।

मुटु चोइटाइ गयौ अब नयन पढ भन्दा
कृष्णलिला पढिसके हजुर,गीता पढिन्न रे।

आजकाल नदी किनार धाउन छोडेको छ ऊ
सुन्दैछु, हिरा भेटेपछि अब सुन खोजिन्न रे।

हिजो कस्ले याद गर्छ यार तिमीलाई, भन्दै थियो
दुनियाले स्वार्थ विना भगवानलाई त सम्झिन्न रे।

अवसरलाई चिन्न सकेनौ त म के भनुँ र खै
जूनको उज्यालोमा तारा पनि कैल्यै चम्किन्न रे।

दिलसँग प्यार गर न त यार भन्दा जबाफ उस्को
दिल त शरीरभित्र लुक्या छ आँखाले देखिन्न रे।

‘कान्ति’ भन्न थालिन् यो भौतिक संसारमा अब
माया जालमा फस्दै कोहीसँग प्यार गरिन्न रे।

-धर्मिला कार्की
चिसङ्खुगढी-३, ओखलढुङ्गा
हाल: महाराजगन्ज-३ , काठमाडौँ


सम्बन्धित शीर्षकहरु

कुवेतको पुनरावेदन अदालतअन्तर्गत राज्य सुरक्षा इजलासले हिजबुल्लाहको सदस्यता तथा आर्थिक सहयोगसम्बन्धी मुद्दामा तल्लो अदालतले सुनाएको फैसला सदर गरेको छ। अदालतले…

मलेसियाले नेपालका २५ वटा म्यानपावर कम्पनीलाई मात्र एफडब्लूसीएमएस प्रणालीमार्फत श्रमिक पठाउने अनुमति दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकारले यसलाई…

अमेरिकाले पहिलो पटक आफूले अन्तरिक्ष (स्पेस) मा हतियार तैनाथ गरेको कुरा सार्वजनिक रूपमा स्वीकार गरेको छ। अमेरिकी स्पेस फोर्सका अनुसार…

प्रतिकृयाहरू
...