Sunday 17th May 2026

कविताः लक्ष्यभेद – छन्दः लक्ष्मी -हरि शर्मा (सुवेदी) ‘गलकोटे कवि’


मगण सगण तगण भगण गुरु गुरु
आठ अक्षरमा विश्राम ।

सबैजनामा साहित्यिक नमन! भनिन्छ लक्ष बिनाको जीवन धागो बिनाको चंगाजस्तै हुन्छ । मान्छेले आफूले चाहे अनुसार आफूलाई परिमार्जित गर्नसक्ने शक्ति प्राप्त गरेको छ । तर पशुमा यो सम्भव छैन । प्रशिध्द मोटिभेटर टोनी रविन्स, ज्याक क्यान फिल्ड, रोन्डा बर्न्सको भनाइ अनुसार आफ्नो लक्ष बनाउन सके हाम्रो नोकर जस्तो दिमागले हामीले चाहेको कुरा हामी समक्ष ल्याईपुराउने छ । हाम्रो धर्म शास्त्रमा पनि सँधै राम्रा विचारहरू राख भनिएको छ । गौतम बुध्दको पनि भनाइ यस्तै भएको पाउँछौँ हामी । कसैमा भ्रमको सिर्जना नहोस् कि मैले सिकाउँदैछु । मैले कसैलाई सिकाउन खोजेको हैन आफूले गरेर सिक्न खोजेको । सुझावको अपेक्षा गर्दछु । गल्ती भएमा क्षमा माग्दछु ।🌷🙏🌺

लक्ष्मीपुत्र बनौँ हामी त्यतातिर ताकौँ
सेवाभाव ठुलो भन्छ्न् उतातिर लागौँ
लक्ष्मी धूप बले राम्रो हुने धन आफ्नो
आफ्नो मात्र नसोचेमा हुने खुब राम्रो ।🌷🙏🌺

देवी देव बसेका छ्न् सफा मन राखी
सोछे पुग्छ सबै भन्छ्न् लक्ष्यतिर ताकी
सेवा गर्न सिके देख्छौँ भलो जनताको
मान्छे दुष्ट बनेका छ्न् हुने छल औधी ।🌷🙏🌺

राम्रो काम हुने पूजा गरौँ मन चोखो
मर्नै पर्छ सबै हामी जुनी बुझ छोटो
आयो सुट्ट गयो झट्टै छ नाटक यस्तो
यस्तो सत्य नमानेमा बुरा मन हाम्रो ।🌷🙏🌺

राम्रो लक्ष्य नराखेमा हुने पशु जस्तै
खायो टन्न हुँदै दङ्गै डुल्यो तलमाथि
राम्रो मानवको चोला नभैकन घाती
गर्दा घात जुनी बित्ने छ मानव पापी ।🌷🙏🌺

देख्ने स्वर्ग यहीं हामी हुँदा मन साक्षी
डुब्ने नर्क यतै मिल्ला सँधै मुख ताकी
हाम्रो लक्ष्य पुरा होला जुटे अब साथी
यौटा मात्र सबै खोस्दा हुने तलमाथि ।🌷🙏🌺

-हरि शर्मा (सुवेदी)-गलकोटे कवि
मिशिगन अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...