Wednesday 7th October 2026

लघुकथा:साइबर स्याललाई कमेन्ट -नारायण कोइराला


यसैपनि कहिले काँही राम्रा,नराम्रा कुरा हुन्छ्न नैं । धेरै दिनपछि एउटा लेख प्रकासन भएको रहेछ,समीरको । भर्खर लेख्दै गरेको समीरको लेख प्रकासन भएको हुँदा खुसीको सीमा पनि थिएन । परदेशमा फुर्सदको समय सदुपयोग गर्दैथियो ।

आफ्नो लेख प्रकासन भएपछि ऊ,मेरो नजिक आएर कमेन्ट, लाइक शेहर गर्दिनु भन्यो । मैले पनि उसको अगाडी नै गर्दिए । खुसी साथ धन्यवद दाई भन्यो । मुसुक्क मुस्काएर समीरको धन्यबाद् ग्रहण गरे, अनि समीर खाना पकाउन तिर लागे ।

म पनि खुसी थिएँ। साथीभाइले कलम चलाएर मरुभूमिमा हुने समस्या बारे लेख्न थालेकोमा। उसको लेखमा मरुभूमि र नेताजीको बारेमा लेखिएको थियो।मलाई समीरको त्यो लेख मन छुने लागेको थियो।त्यो दिन हामी खाना खाएर सुत्यौ।

बिहान समीर अलि चाडै उठ्ने गर्छन । हामी चियाको टेबलमा बसिरहेका थियौं । समीरको अनुहार मलिनो थियो। ए!समीर के भयो?, म उसलाई सोधें।दाई नेताको बारे त कुनै कुरा लेख्न जो नहुने भयो है। उनीहरूका नराम्रा काम पनि हामी आँखा बन्द गरी मान्नु पर्ने हो। ल हेर्नु त, यी कमेन्ट!!साइबर स्याल छन् भन्थे साच्चै हो,रहेछ दाई। कमेन्टहरु अनौठा थिए।

समीर भाई हामीले भोगेका कुरा लेख्ने हो । सबैको लाइक, कमेन्टलाई राम्रो सँग सहज रूपमा स्वीकार्नु पर्छ । अरू हेर कति राम्रा कमेन्ट छन् त । नराम्रो कुरामा ध्यान लिनु पर्ने छैन त । साइबर स्याललाई यसरी जवाफ दिनु पर्छ,”तपाईंको एकोहोरिएको दिमाखले जति सोच्न सक्नु भो त्यत्ति लेख्नु भयो, धन्यबाद्।,”उसको अनुहारमा खुसी आयो हामी सबै डिउटी तिर लागियो।

तानसेन, पाल्पा
हाल,यूएई।


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...