यसैपनि कहिले काँही राम्रा,नराम्रा कुरा हुन्छ्न नैं । धेरै दिनपछि एउटा लेख प्रकासन भएको रहेछ,समीरको । भर्खर लेख्दै गरेको समीरको लेख प्रकासन भएको हुँदा खुसीको सीमा पनि थिएन । परदेशमा फुर्सदको समय सदुपयोग गर्दैथियो ।
आफ्नो लेख प्रकासन भएपछि ऊ,मेरो नजिक आएर कमेन्ट, लाइक शेहर गर्दिनु भन्यो । मैले पनि उसको अगाडी नै गर्दिए । खुसी साथ धन्यवद दाई भन्यो । मुसुक्क मुस्काएर समीरको धन्यबाद् ग्रहण गरे, अनि समीर खाना पकाउन तिर लागे ।
म पनि खुसी थिएँ। साथीभाइले कलम चलाएर मरुभूमिमा हुने समस्या बारे लेख्न थालेकोमा। उसको लेखमा मरुभूमि र नेताजीको बारेमा लेखिएको थियो।मलाई समीरको त्यो लेख मन छुने लागेको थियो।त्यो दिन हामी खाना खाएर सुत्यौ।
बिहान समीर अलि चाडै उठ्ने गर्छन । हामी चियाको टेबलमा बसिरहेका थियौं । समीरको अनुहार मलिनो थियो। ए!समीर के भयो?, म उसलाई सोधें।दाई नेताको बारे त कुनै कुरा लेख्न जो नहुने भयो है। उनीहरूका नराम्रा काम पनि हामी आँखा बन्द गरी मान्नु पर्ने हो। ल हेर्नु त, यी कमेन्ट!!साइबर स्याल छन् भन्थे साच्चै हो,रहेछ दाई। कमेन्टहरु अनौठा थिए।
समीर भाई हामीले भोगेका कुरा लेख्ने हो । सबैको लाइक, कमेन्टलाई राम्रो सँग सहज रूपमा स्वीकार्नु पर्छ । अरू हेर कति राम्रा कमेन्ट छन् त । नराम्रो कुरामा ध्यान लिनु पर्ने छैन त । साइबर स्याललाई यसरी जवाफ दिनु पर्छ,”तपाईंको एकोहोरिएको दिमाखले जति सोच्न सक्नु भो त्यत्ति लेख्नु भयो, धन्यबाद्।,”उसको अनुहारमा खुसी आयो हामी सबै डिउटी तिर लागियो।
तानसेन, पाल्पा
हाल,यूएई।