Thursday 24th September 2026

देउवा पक्षिय भेलामा पूर्ण बहादुर खड्काले भने हारको मुख्य कारण बिशेष महाधिबेशन


तितोपाटी-  नेपाली कांग्रेसका एक समूहले  धुम्बाराहीको स्मार्ट होटलमा भेला आयोजना गर्यो । देउवा पक्षीय नेताको उक्त  भेलामा समसामयिक घटनाक्रमको ब्रिफिङ गर्दै कांग्रेस  नेता पूर्ण बहादुर खड्काले कांग्रेसको हारको कारण नै विशेष महाधिवेशन भएको बताएका छन ।

‘सिंगो पार्टी एकढिक्का भएर चुनावमा जान पाएको भए पहिलो पार्टी रास्वपा नै बनेपनि ७० कांग्रेसको  आउथ्यो,’ खड्काले भने, ‘अहिलेकै चुनावको उम्मेदवारको अवस्थामा पनि हामी ५०/६०मा पुग्थ्यौं । चुनावको परिणाम अर्कै हुन्थ्यो । आज जे भोग्नुपर्‍यो देशले त्यो भोग्नुपर्ने थिएन ।’

यसैले पार्टी चुनावी हारको मूल कारण विशेष महाधिवेशन गर्ने नेताहरूकै जिम्मामा रहेको उनले आरोप लगाए । ‘त्यही विशेष महाधिवेशन नै कांग्रेसका लागि चुनावको गाह्रो बन्यो । चुनावमा नेपाली कांग्रेसको जुन दुर्गति भएको छ, त्यसको मूल कारण विशेष महाधिवेशन हो,’ उनले भने ।
विशेष महाधिवेशन र नियमित महाधिवेशनको मुद्दामा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नै वचन तोडेर धोका दिएको पनि उनले बताउदै  त्यसको साक्षी तत्कालीन केन्द्रीय सदस्य रमेश लेखक रहेको उनको भनाइ थियो ।

पार्टीलाई एकताबद्ध बनाउन सहमतिको खाका नेतृत्वले ल्याउनुपर्ने उनको भनाइ थियो।  नियमित महाधिवेशन गराउन विशेष महाधिवेशनबाट आएको अहिलेको केन्द्रीय समिति र १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई मिलाउनुपर्ने, १५ औं महाधिवेशन गर्न आयोजक समिति बनाउनुपर्ने, क्रियाशील व्यवस्थापनदेखि निर्वाचन समितिसम्ममा सबै पक्षको प्रतिनिधित्व हुनुपर्नेमा खड्काको जोड थियो ।

कांग्रेसमा यतिबेला तिन समुह संक्रिय रहेको छ जसमा शेखर गुट, पूर्ण बहादुर खड्का गुट र बिशेष महाधिबेशनबाट आएको सभापति गगन थापाको समिति । सर्वोच्चबाट गगन थापाले नेतृत्व आधिकारिक मान्यता पाए पनि शेखर र खड्काले आफ्नो आफ्नो समुहको गुट भेला गर्दै आएका छन ।


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...