गजल
त्यो भाग अनि म गुणा गर्दै थिएँ ।
भित्र-भित्रै दिल जलाइ मर्दै थिएँ ।
चिरा-चिरा हुँदै थियो अंशबण्डा ,
म भने बलेसी नजिक सर्दै थिएँ ।
अमिन नाप्दै थियो जिउनी भाग ,
फूलहरुबाट शीत बनी झर्दै थिएँ ।
कति बेला के भनी बर्बराएछु म ,
अब बाँच्छ भन्दा श्वास भर्दै थिएँ ।
बन्न पुगेछु आज जिउँदो लास झैँ ,
डराएर नै आफ्नो सीमा तर्दै थिएँ ।
✍️ सविता के.सी.
दक्षिणकाली फर्पिङ ३ काठमाडौ ।