आमा र खजुर
(एउटा सानो पार्क दुबोले हरियाली भएको वरिपरि ठूला खजुरका बोट,मानिसहरू आ-आफ्नो धुनमा । हामी तीनजना साथी भाई खजुरको बोटमुनि ।
मदनको फोन आयो, एक तर्फ लाए । खुजुरको बोटमुनि बसे)
मदन:हेलो हजूर! आमा भन्नु न, म सुन्दै छु।
आमा: साँच्चै छौ,बाबु आज त बिदा होला नि। के गर्दै छौ?
मदन: ठीक छ,हो आज बिदा आमा यसो बाहिर बस्दै छु।अनि बाबुहरु बुहारी साँच्चै छन?
आमा: सबै ठीक छन्,मलाई बरु ज्वरो अनि दाम पनि बढेको छ।
मदन:होर !आमा मौसम बदलिया छ,ख्याल गर्नु है।
आमा:मत घरमा छु बुहारी छिन् नाति छ्न,मलाई केहि भए हेर्छन।बरु तिमी विदेशमा छौ, आफ्नो ख्याल गर्नु ।आमाको मन हो बाबु! पिर लाग्छ तिम्रो।
मदन:आमा पनि म आफ्नो ख्याल गर्छु पिर नमान्नु ल।
आमा:यसपाली त घर आऊन पनि डिलो हुन्छ भन्छौ, खोई! के हो , के हो?
जता ततै बीमारी फैलिएको छ ,भन्छन्?
मदन: आमा पनि के पिर लिनु भाको म ठीक छु, आउँछु नी अलि कति ढिलो होला त्यति त हो नी।
आमा:आमाको मन कहा मान्छ त?
मदन:पिर नगर्नुस्,बरु भन्नु न के कोस्यलि लिएर आऊ आउँदा।
आमा :बाबु तिमी राम्ररी आए ,पुग्छ मलाई।अरू केही चाहिन्न।
मदन: त्यसो न भनुन् ,हजुरको आशिर्बाद छ नी केहि हुन्न मलाई।
आमा:बाबु मेरो दवाई खाने बेला भाे।
मदन:होर आमा ।
आमा:होनी बाबु ,अरू त के भनु ? तिमीले ल्याएको खजुर सारै मिठो लाग्छ मलाई।
मदन: हाँस्दै! हुन्छ नी आम म लिएर आउँछु ल।
हुन्छ बाबु आफ्नो ख्याल राख्नु। समयमा खानु।
मदन: हस् आमा आशिर्बाद दिनु।
आम:आशिर्बाद ।
फोन काटियो मदन साथि भए तिर गए।
तानसेन पाल्पा
हाल, यूएई