Friday 26th April 2024

मगर संघ कुवेतको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा बसन्त थापा मगर


शुरेश गुरूङ – नेपाल मगर संघ, शाखा कुवेतले आफ्नो चौथो अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। अधिवेशनले निवर्तमान वरिष्ट उपाध्यक्ष बसन्त थापा मगरलाई २०२३-२०२६ कार्यकालको लागि नयाँ अध्यक्षमा निर्विरोध चयन गरेको छ।

संघका अध्यक्ष मन बहादुर भुजेल मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख अतिथित्यता रहेको थियो भने एनआरएनए एनसिसी कुवेतका अध्यक्ष रण ध्वज लामा, एनआरएन आईसिसी केन्द्रका प्रथम उपाध्यक्ष उमेश पुडासैनी, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ र पत्रकार महासंघ कुवेतका उपाध्यक्ष राज मल्ल ठकुरीको बिशेष आतिथ्यता र कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ-संस्थाका प्रतिनीधिहरूको अातिथ्यता रहेको थियो।

महासचिव जय आले मगरले सदस्यहरु कल्पना मन्दी मगर र ओम कुमारी पुर्जा मगरको साथमा माघे सकराती र मगर समुदायको ईतिहास तथा भाषा, भेषभुषा, रहनसहन, संस्कृति र बसोबास बारे संक्षिप्त प्रकाश पार्दै संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदुतद्वारा पानसमा द्विप प्रज्वलित गरि बिधिवत उद्घाटन गरिएको थियो भने सचिव श्रवण गाहा मगरले मन्तव्यद्वारा उपस्थित सम्पूर्ण अतिथि तथा पाहुनागणलाई स्वागत गरेका थिए।

महामहिम राजदुतले मगर समुदायको मौलिक पर्व माघे संक्रान्तिको शुभकामना दिदै आफ्नो रितिरिवाज, कला संस्कृति र परम्परा जोगाउनका लागि र अन्य सामाजिक कार्यहरुमा पनि मगर संघ कुवेत अग्रसर रहेको बताउँदै अधिवेशनबाट निर्वाचित हुने कार्यसमितीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो। यसैगरी एनआरएनए कुवेतका अध्यक्ष रण ध्वज लामा, NRN ICC केन्द्रीय प्रथम उपाध्यक्ष उमेश पुडासैनी, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ, पत्रकार महासंघ कुवेत शाखाका उपाध्यक्ष राज मल्ल र तमू समाज कुबेतका अध्यक्ष राजु गुरुङले शुभकामना मन्व्य दिएका थिए।

कार्यक्रममा मगर दाजुभाइहरु भाङ्ग्रा, भोटो, कछाड, पेटी र टोपिमा साथै दिदीबहिनीहरु मखमली चोली, छिट्को गुन्यु, टिकिस, पहेँलोनिलो पटुकी, गलामा पहेँलो/हरियो पोते साथमा कण्ठमाला, शिरमा शिरफूल, कानमा माडवारी ढुंग्री र नाकमा बुलाकी लगाएर आफनो भेष-भुषा‍‍मा अति नै आकर्षक पहिरनमा सजिएका थिए । कार्यक्रममा कलाकारहरुले आफ्नो मौलिकता झल्काउने खालका नृत्य झाउरे, सालैज्यु, कौडा, सोरठी, मारुनी र युगल तथा सामुहिक नृत्य गरी प्रस्तुत गरि कार्यक्रमलाई सुगन्ध भर्ने काम गरेका थिए।

सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र मगर परिकारहरुको भोजन गराईएको थियो। अन्त्यमा कार्यक्रमको समापन गर्दै अध्यक्षले कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न अहोरात्र खटनु भएका संस्थाका सम्पूर्ण सदस्य लगायत शुभचिन्तक र सहयोगीहरु सबै प्रति आभार ब्यक्त गर्दै उपस्थित भएर कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने नेपाली राजदूतावास कुवेत लगायत कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ-संस्था, पत्रकार, खेलाडी र आम नेपालीहरुलाई बिशेष धन्यवाद ब्यक्त गरेका थिए।

मगर संघ कुवेतको चौथो अधिवेशनबाट सन २०२३-२०२६ का लागि निम्न पदाधिकारीहरु निर्विरोध चयन हुनु भएको छ।

अध्यक्ष: बसन्त थापा मगर
बरिष्ट उपाध्यक्ष: जय आले मगर
उपाध्यक्ष(प्रथम): राजेन्द्र आले मगर
उपाध्यक्ष(दित्तिय): केदार आले मगर
उपाध्यक्ष (तृतिय): जंग घर्ती मगर
महासचिव: श्रवण गाहा मगर
सचिव: कृष्ण पुन मगर
सचिव: कल्पना मन्दी मगर
सचिव: भुपेन्द्र सारु मगर
कोषाध्यक्ष: गोपालकाजी राना मगर
सह-कोषाध्यक्ष: मिलन थापा मगर
सह-कोषाध्यक्ष: सानुलाल राना मगर
सह-कोषाध्यक्ष: सन्ध्या राना मगर

सल्लाहकार समिति:-
संरक्षक: मित्र ब. सिंजाली मगर
संरक्षक: मन ब. भुजेल मगर
वरिष्ट सल्लाहाकार: दिल ब. पुन मगर
सल्लाहकार: हिरा दर्लामी मगर
सल्लाहकार: जगत घागा मगर
सल्लाहकार: के.बी. भुजेल मगर
सल्लाहकार: पुष्प पुर्वछाने मगर
सल्लाहकार: ललिता थापा मगर
सल्लाहकार: किरण आले मगर
सल्लाहकार: मोहन आले मगर

बिभागीय प्रमुख तथा उप-प्रमुखहरु:-
युवा संयोजक: जिमी काउचा मगर
युवा उप-संयोजक: तोयानाथ पुन मगर
युवा संयोजक(महिला): नम्रता थापा मगर
युवा उप-संयोजक(महिला): निशा सारु मगर
संगठन बिस्तार संयोजक: ओम कुमारी पुर्जा मगर
संगठन बिस्तार उप-संयोजक: सपना घर्ती मगर
खेदकुद बिभाग संयोजक: उत्तम थापा मगर
खेलकुद बिभाग उप-संयोजक: खड्ग खपाङ्गी मगर
मिडिया ग्राफिक डिजाईनर: ईन्द्र मश्राङ्गी मगर
मिडिया फोटो पत्रकार: बिकास रोका मगर
सांस्कृतिक बिभाग संयोजक: यमन पुन मगर
सांस्कृतिक बिभाग उप-संयोजक: देवी थापा मगर
सांस्कृतिक बिभाग उप-संयोजक: टिकाराम राना मगर
सांस्कृतिक बिभाग उप-संयोजक: रेशम आले मगर
सांस्कृतिक बिभाग निर्त्य निर्देशक: हेमराज पुन मगर
व्यवस्थापन बिभाग संयोजक: ईन्द्र ब. थापा मगर
व्यवस्थापन बिभाग उप-संयोजक: राजकुमार थापा मगर
व्यवस्थापन बिभाग उप-संयोजक: दान सारु मगर
व्यवस्थापन बिभाग उप-संयोजक: आशा माया मगर
व्यवस्थापन बिभाग उप-संयोजक: रिया राना मगर
व्यवस्थापन बिभाग उप-संयोजक: बसन गाहा मगर

कार्यकारिणी सदस्यहरु:
प्रेम श्रीष मगर
लखेन्द्र थापा मगर
प्रमोद थापा मगर
राम थापा मगर
पुर्णिमा सारु मगर
धिरेन राना मगर
कृष्ण ब. थापा मगर
जगत राना मगर
सुर्य राना मगर
दिप ब. थापा मगर
रन ब. सलामी मगर
सुनिता पुन मगर
रिशु थापा मगर
रुद्र घर्ती मगर
घनश्याम थापा मगर
कुशुम श्रीष मगर
निल छन्त्याल मगर
मन ब. मगर
रबिन मगर
सुशिला मगर
सन्तोष आले मगर
बिजय मगर


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...