दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मलाई बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायीलाई थप विश्वस्त तुल्याएको हो । फ्लाई नमस्ते ट्राभल्सका सञ्चालक पोमनारायण श्रेष्ठले दुबई–पोखरा–दुबई उडान…
मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव फेला परेसँगै मृतक संख्या बढेको हो। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार बिहान चार र दिउँसो चार शव फेला परेका हुन्। यसअघि सात जनाको शव भेटिएको थियो भने अझै…
मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र प्रहरीका अनुसार हिमाल आरोहणका लागि गएका २२ जनामध्ये करिब एक दर्जन व्यक्ति सम्पर्कविहीन भएको हुन सक्ने अनुमान गरिएको छ। टोलीमा ९ जना पर्वतारोही र १३ जना सहयोगी स्टाफ रहेका थिए।…
अमेरिकाले नेपालको केही पुरातात्त्विक तथा सांस्कृतिक (एथ्नोलोजिकल) सामग्रीको आयातमा प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकाय (CBP) ले अगस्ट १२, २०२६ देखि लागू गरेको हो। नेपाल र अमेरिकाबीच जनवरी ८, २०२६ मा भएको द्विपक्षीय सम्झौताअनुसार यो व्यवस्था लागू गरिएको हो। यसको उद्देश्य नेपालको सांस्कृतिक सम्पदाको अवैध…
ब्रोडपिक हिमपहिरोमा मारिएका ब्रिटिश-नेपाली पर्वतारोही निर्मल पुर्जा आज पर्वतारोहणका सबैभन्दा प्रसिद्ध व्यक्तित्वहरू मध्ये एक थिए। उनले धेरै रेकर्ड बनाएका थिए, तर उनको सबैभन्दा प्रसिद्ध उपलब्धि २०१९ मा थियो, जब उनले छ महिनाभन्दा बढी समयमा विश्वका १४ अग्ला चुचुराहरू आरोहण गरे - त्यतिबेला सबै १४ हिमालहरू चढेर सबैभन्दा छिटो रेकर्ड बनाए।…
विशेषगरी न्युरोड क्षेत्रको उल्लेखनीय रूपान्तरण अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चाको विषय बनेको छ। सुधारिएको सडक संरचना, सम्पदामैत्री डिजाइन, व्यवस्थित पैदलमार्ग तथा आकर्षक सार्वजनिक खुला स्थानहरूले काठमाडौंको ऐतिहासिक शहर केन्द्रलाई नयाँ, सुन्दर र जीवन्त पहिचान प्रदान गर्न थालेका छन्। इतिहासको मौलिकता जोगाउँदै आधुनिक शहरी आवश्यकतालाई समेट्ने यस्तो प्रयासले काठमाडौंको विकासबारे…
ताईवान ले आफूलाई स्वतन्त्र, सार्वभौम र लोकतान्त्रिक शासन प्रणाली भएको राष्ट्रका रूपमा प्रस्तुत गर्दै आएको छ। ताइवानको आफ्नै संविधान, सेना, मुद्रा, निर्वाचित सरकार र स्वतन्त्र प्रशासनिक संरचना रहेको छ। ताइपेइस्थित सरकारले ताइवानमाथि कुनै पनि बाह्य शक्तिको नियन्त्रण नरहेको बताउँदै आएको छ। तर China भने ताइवानलाई आफ्नो अभिन्न भूभाग मान्छ र…
संखुवासभा/ किमाथांका पूर्वी नेपालको किमाथांका क्षेत्रमा पर्ने अत्यन्त दुर्गम हिमाली बस्ती हो, जहाँ अहिले सडक सञ्जाल पुगेपछि स्थानीयमा नयाँ आशा जागेको छ। यो बस्ती चीनको तिब्बत सीमासँग जोडिएको रणनीतिक क्षेत्र पनि मानिन्छ। यहाँको भू–बनावट गहिरा खोँच, उकालो पहाड, अरुण नदीको किनार, ढुंगाका घर र हिमाली संस्कृतिले भरिएको छ। हिमाली बस्ती,…
तितोपाटी-पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेस्थित पिपलडाँडा यतिबेला आन्तरिक पर्यटकलाई स्वागत गर्न नयाँ स्वरूपमा तयार भएको छ। प्राकृतिक दृश्यावलोकन, धार्मिक आस्था र आधुनिक पूर्वाधारको अनौठो सङ्गम बनेको यो क्षेत्र अहिले वनभोज (पिक्निक) र वरिपरिका दृश्य अवलोकनका लागि जिल्लाकै आशालाग्दो गन्तव्यका रूपमा चिनिदैछ। पिपलडाँडाको सबैभन्दा ठूलो विशेषता यहाँबाट देखिने मनोरम दृश्यहरू हुन्। समुद्री…
तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ । नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम यात्रुहरुबाट नलिन पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई निर्देशन दिइसकेको जनाएको छ । यदि तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ । प्राधिकरणले असोज…
![]()