Sunday 25th October 2026

हिम्लुङ हिमपहिरोमा मृतक १५ पुगे, एक अझै बेपत्ता


मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव फेला परेसँगै मृतक संख्या बढेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार बिहान चार र दिउँसो चार शव फेला परेका हुन्। यसअघि सात जनाको शव भेटिएको थियो भने अझै एक जना बेपत्ता छन्।

फेला परेका शवमध्ये दुई वटा चामे र छ वटा फुगु पुर्‍याइएको छ। अँध्यारोका कारण हेलिकप्टर उडान सम्भव नभएकाले बाँकी उद्धार कार्य शुक्रबार पनि जारी रहने बताइएको छ।

गत असोज ११ गते बिहान (सेप्टेम्बर २७) हिम्लुङ हिमाल आधार शिविरमा हिमपहिरो गएको थियो। खोज तथा उद्धारका लागि नेपाल राष्ट्रिय पर्वत पथप्रदर्शक संघको ११ सदस्यीय टोली परिचालन गरिएको छ।

यसैबीच नेपाल सेना, स्थानीयवासी र सुरक्षा निकायको टोलीले चामे गाउँपालिका–४ स्थित थाडो खोलामा गएको पहिरोले अवरुद्ध बनाएको मर्स्याङ्दी नदीको बहाव खुलाउने तथा अवरुद्ध विद्युत् प्रसारण लाइन पुनः सञ्चालन गर्ने काम पनि गरिरहेको छ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा पर्व मनाइँदै विधिवत् समापन गरिँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा…

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

प्रतिकृयाहरू
...