Thursday 1st October 2026

हिम्लुङ हिमपहिरोमा मृतक १५ पुगे, एक अझै बेपत्ता


मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव फेला परेसँगै मृतक संख्या बढेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार बिहान चार र दिउँसो चार शव फेला परेका हुन्। यसअघि सात जनाको शव भेटिएको थियो भने अझै एक जना बेपत्ता छन्।

फेला परेका शवमध्ये दुई वटा चामे र छ वटा फुगु पुर्‍याइएको छ। अँध्यारोका कारण हेलिकप्टर उडान सम्भव नभएकाले बाँकी उद्धार कार्य शुक्रबार पनि जारी रहने बताइएको छ।

गत असोज ११ गते बिहान (सेप्टेम्बर २७) हिम्लुङ हिमाल आधार शिविरमा हिमपहिरो गएको थियो। खोज तथा उद्धारका लागि नेपाल राष्ट्रिय पर्वत पथप्रदर्शक संघको ११ सदस्यीय टोली परिचालन गरिएको छ।

यसैबीच नेपाल सेना, स्थानीयवासी र सुरक्षा निकायको टोलीले चामे गाउँपालिका–४ स्थित थाडो खोलामा गएको पहिरोले अवरुद्ध बनाएको मर्स्याङ्दी नदीको बहाव खुलाउने तथा अवरुद्ध विद्युत् प्रसारण लाइन पुनः सञ्चालन गर्ने काम पनि गरिरहेको छ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...