Saturday 17th October 2026

मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, एक दर्जनभन्दा बढी आरोही हताहत भएको आशंका


मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ।

सशस्त्र प्रहरीका अनुसार हिमाल आरोहणका लागि गएका २२ जनामध्ये करिब एक दर्जन व्यक्ति सम्पर्कविहीन भएको हुन सक्ने अनुमान गरिएको छ। टोलीमा ९ जना पर्वतारोही र १३ जना सहयोगी स्टाफ रहेका थिए।

हिमपहिरोपछि उनीहरूको अवस्थाबारे स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन। खोज तथा उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर मनाङ पठाइएको छ।

सशस्त्र प्रहरीले घटनामा भएको मानवीय तथा भौतिक क्षतिबारे यकिन विवरण आउन बाँकी रहेको जनाएको छ। उद्धार टोली घटनास्थलतर्फ परिचालन हुने तयारीमा छ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...