Monday 2nd November 2026

साइबर हमलाले रुस र युक्रेनका आपतकालीन सूचना प्रणाली प्रभावित


रुस र युक्रेनका आपतकालीन चेतावनी प्रणालीमा साइबर हमला भएपछि दुवै देशमा झुट्टा सूचना फैलिएको छ।

युक्रेनमा हवाई आक्रमण, विकिरण र रासायनिक हमलाको झुट्टा चेतावनी जारी भएपछि सर्वसाधारणमा केही समय त्रास फैलिएको थियो। युक्रेनी अधिकारीहरूले एक घण्टाभित्र ती सूचना गलत भएको स्पष्ट गर्दै नागरिकलाई नआत्तिन आग्रह गरेका छन्।

केही घण्टापछि रुसले पनि आफ्नो आपतकालीन सूचना एपमा ठूलो साइबर हमला भएको जनाएको छ। हमलापछि केही प्रयोगकर्ताले रुसमाथि परमाणु आक्रमण भएको भन्दै झुट्टा सन्देश प्राप्त गरेका थिए। यद्यपि रूसी अधिकारीहरूले मुख्य चेतावनी प्रणाली भने सामान्य रूपमा सञ्चालनमा रहेको बताएका छन्।

यो घटना युक्रेनको खेरसन क्षेत्रमा लागू गरिएको स्थानीय युद्धविराम सकिनै लाग्दा भएको हो। विश्लेषकहरूका अनुसार युद्धमा साइबर हमला अब महत्वपूर्ण हतियार बन्दै गएको छ।

यसैबीच, रुस र युक्रेनले एकअर्काको ऊर्जा पूर्वाधारमाथि ड्रोन आक्रमण पनि जारी राखेका छन्। दुवै पक्षका आक्रमणका कारण ऊर्जा आपूर्ति प्रभावित भएको बताइएको छ।

विशेषज्ञहरूले आपतकालीन सूचना प्रणालीमा भएको यस्तो ह्याकले वास्तविक संकटका बेला नागरिकको विश्वास कमजोर बनाउन सक्ने चेतावनी दिएका छन्।


सम्बन्धित शीर्षकहरु

भारतले अतिध्वनिक क्षेप्यास्त्र प्रविधिको विकासमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) अन्तर्गतको रक्षा अनुसन्धान…

रुसको नयाँ क्रुज मिसाइल ‘फिलिन’ (Filin) पछिल्लो समय सैन्य वृत्तमा चर्चामा आएको छ। युक्रेनी सैन्य गुप्तचर निकायका अनुसार रुसी सेनाले…

बंगलादेशको राजधानी Mirpur, Kaliakair (गाजिपुर) र Savar-Ashulia औद्योगिक क्षेत्रमा आइतबार श्रमिक प्रदर्शन, सडक अवरोध, प्रहरीसँग झडप, तोडफोड तथा आगजनीका घटनाहरू…

प्रतिकृयाहरू
...