Saturday 16th May 2026

अफगानिस्तानमा भूकम्पबाट मर्नेको संख्या १००० नाघ्यो, हजाराैं घाइते


अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी एक हजार जनाको ज्यान गएको र सयौं घाइते भएको समाचारहरू प्रकाशित भएका छन् । भूकम्पले बढि प्रभावित भएको पक्तिका प्रान्तका सूचना प्रमुख मोहम्मद अमिन हाजिफीलाइ उधृत गर्दै १,००० जनाको मृत्यु भएको र १,५०० भन्दा बढी घाइते भएको समाचार बीबीसीले जनाएको छ ।

अफगानिस्तानको दक्षिण-पूर्वी सहर खोस्टबाट ४४ किमी (२७माइल) टाढा भूकम्प गएको थियो । भूकम्पबाट प्रभावित पक्तिका प्रान्तमा ग्रामिण इलाकाहरूमा बस्नेहरू भूकम्पबाट बढी प्रभावित भएका छन् । भूकम्प पछि सञ्चार सम्पर्क विच्छेद भएका कारण स्थानीयहरूबाट क्षतिको यकिन विवरण लिन सम्भव भइरहेको छैन ।

स्थानीय समय अनुसार गएराति ०१ः३० बजे मानिसहरू सुतिरहेको समयमा गएको ६.१ रेक्टर स्केलको भूकम्पले पक्तिका प्रान्तमा माटोले बनाएका धेरै घरहरू भत्किएकाले उद्दार टोलीले जमिनमुनी पुरिएकाहरूको खोजीकार्य गरिरहेका छन् भने मर्नेको संख्या बढ्न सक्ने बताइएको छ । उद्धारकर्ताहरू घाइतेहरूको उपचार गर्न र भगनावशेषमा जिउँदै मानिसहरूको खोजिमा लागिरहेका छन् ।

अफगानिस्तानमा गएको दुई दशकयताकै सबैभन्दा ठूलो भूकम्प हो ।


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...