Friday 29th March 2024

हाँस्य व्याङ्ग्य:अन्तिम विकल्प आलु!


नारायण कोइराला – साँझ पर्न लागि सकेको थियो। म तरकारी बारीमा पस्दै थिए।अब के तरकारी टिप्ने?तरकारी बारी पनि हाम्रो देशको राजनीति जस्तो ,लथालिङ्ग भताभुंग थियो।फेरिपनि मलाई। तरकारी टिप्नु थियो।
एउटा कुनाबाट पसे। पस्ना साथ लम्पसार पारेर बसेका लाउकी साहब्लाई देखें।यसरी बस्नु भयको थियो ।की सायद म वहाँलई जो टिप्न आयको हुँ। म पनि कम बाठो थिएर सबै नबुझि किन छोड्थिएर। वहाँलाई यसो साईड लगाएर अगाडि के बडेको थिए।

फर्सी महाराज वहाँलाई जो लिन आए जस्तो गरी भुँडी फुलाएर बस्नु भाको रहेछ । यसो हेरें अलि पाकी सक्नु भएको हुँदा, उहाँ तिर पनि खासै ध्यान दिने कुरो आएन । फेरी अर्को पट्टि हेर्दा करेलो महाराज आफूलाई ठूलो ठान्दै,कडा फैल्याएर बस्नु भाको । वहां संग त मेरो छत्तीसको आंकडा छ । अनि मुला जी त झन् जमीनमा पूरा शरीर गाड़ी हाँगा विगा रूपी पात बिछायार मलाई जिस्काउनु भएको थियो।

हेत्तरी! यसरी सबै छोड्दै जानें हो भने त गाह्रो पो छ त? एक्छिन मनमा सोच्ने थालें । अब के गरु तरकारी नलिकन जाउँ भने फेरि घरकी भद्रकाली जागी हाल्छिन।

जे सुकै होस् राम्ररी विचार नगरी लिएको डिसिजन पछि आफूलाई जो गाह्रो हुन्छ । तरकारी बारीको कुनामा बसि सोँच्न थालें।”जाबो एउटा तरकारी टिप्न पनि मलाइ यति गाह्रो? म के भएको? अरूलाई गाली गर्ने? के लिएर जाउँ? या मलाई थाहा भएन भनी फर्किए कसो होला, हुन्न/हुन्न यो त गर्न हुन्न ।”

मलाई धेरै कठिन भयो । मलाई फर्सी उठाउन परी अप्ठारो,अलि ओजन पनि बढी त्यस माथि छिप्पिएको पनि । मिठो होला त? हुन्न होला । अनि लाैका पनि खासै मन नपर्ने चिसोको समयमा बुडी आमा रुचाउनु हुन्न की । अन्तिम फैसला त वहाँ जो गर्नु हुन्छ । कहिले काही वहां पनि अलि आफ्नो अभिभावकीय रूपबाट हट्ने हुँदा मलाई गाह्रो छ।

अब करेली संग छतिस्को आंकडा हुँदा मलाई जो मन पर्दैन । ओह! म के गरु । सिजन अनुसार मुला बाँकी हो, उस्लाई भान्सामा लिएर जाऊ भने मेरो सानो भान्सा भन्दा नी बेडरूम गनाउने डर छ । यसलाई लिएर गएर म आफ्नो रूम बिगार्न पनि चाहन्न ।

आखिर मैले के गर्न खोजेको छु ?”मलाई जो थाहा पाउन गाह्रों भयो । “न लिएर जाउँ भने घरको दबाब! मेरो मानसिक संतुलन विग्रला जस्तो भयो । बारीको झाल तान्दै मन शान्ति पारे, फेरि सोच्न थाले।
अब एउटा विकल्प छ । सबै तरकारी संग मिल्ने आलु । म खुसी भए बुद्धि आएकोमा । यसो हेरेको खासै खाने बेला त भएको रहेनछ ।अब अवस्था अनुसार चल्नु पनि पर्यो । सबै बुढा पुराना तरकारी छोडेर, म नजिक राखिएको कुटो समाएर आलु खन्न थालें । आलु पनि रिसाएको जस्तो लाग्यो । सधै अन्तिम अवस्थामा अरूलाई खुसिपार्न आफुलई प्रयोग गरेकोमा।

मेरो आफ्नो बाध्यता रहेको थियो । बुझ्नु नी आलु । जब सबै तरकारी नमिठो हुन्छ । अन्तिम विकल्प भनेको नयाँ आलुलाई मजाले तेलमा तारेर खाने विचार आउँछ । म पनि यही गर्दै छु।

म नयाँ आलु लिएर जाँदै थिएं, मेरो मस्तिष्कमा एउटा विचार आयो । जब राजनीतिक दलका नेताहरु नयाँ पुस्ता प्रयोग गरी आफ्नो सत्ता जोगाउने खेल खेल्ने गर्छन भने के म नयाँ आलुबाट मेरो परिवार खुसी राख्न नसकुँला?

लौ आलु माहाराज हजुरको पासो फाल्दै छु, मेरो इज्जत जोगाउने काम हजुरको।
जय! आलु।।
आफ्नो कल्पना देखि मन मनै फिस्स हाँसे।

नारायण कोइराल
तानसेन पाल्पा
हाल यूएई।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...