Thursday 22nd October 2026
नेपालको समाचार
Image

कोभिड-१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार शनिबारसम्म ३२ मुलुकबाट उक्त संख्यामा नागरिक मुलुक फर्केका हुन । मुलुक फर्कनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार २३७…

Image

असारयता करिब एक हजारजना पक्राउ, महामारीमा अन्यत्र लुक्न समस्या भएपछि घर फर्केका अभियुक्तहरू समातिँदै पछिल्लोपटक जिल्ला प्रहरी कार्यालय, कास्कीबाट फरार अभियुक्त पक्राउ अभियान सुरु भएको हो । १७ भदौमा कास्की प्रहरीले एकैदिन २८ जना फरार व्यक्ति पक्राउ गरी अदालतमा पेस गरेको थियो ।फरार अभियुक्त पक्राउ अभियानका मुख्य तीन कारण छन् । पहिलो– हालै…

Image

नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएका बेला सभापति शेरबहादुर देउवा र इतर पक्षबीच अझ दूरी बढ्ने देखिएको छ । सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तार गरेको आरोपसहित त्यसलाई सच्याउन माग गर्दै विरोधी खेमाले आइतबार पार्टी केन्द्रीय कार्यालयमा विरोधपत्र बुझाउने भएको छ ।नेता रामचन्द्र…

Image

तितोपाटी- रम्भा गाउँपालिका- २ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । गए राति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए । घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उहाँकी…

Image

रासस-कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा  नागरिक  मुलुक फर्केका हुन् । मुलुक फर्कनेमा सवैभन्दा बढी संयुक्त अरव इमिरेट्सबाट २२ हजार २१४ छन् भने सबभन्दा कम…

Image

सरकारले एसिड आक्रमणका दोषीलाई कारबाही गर्न र पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध गर्ने गरी  कानुनी व्यवस्था गर्न अध्यादेश ल्याएको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोसम्बन्धी मस्यौदालाई पारित गर्दै स्वीकृतिका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको छ। कानुन मन्त्रालयले सम्बन्धित सरोकारवालाहरूसँगको परामर्शका आधारमा कानुनको मस्यौदा तयार पारेर मन्त्रिपरिषद्को बैठकमा लगेको थियो। गत…

Image

तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टाभित्र कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । जसमध्ये ५ जना महिला र १२ जना पुरुषको संक्रमणका कारण मृत्यु भएको छ ।  यो संगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी…

Image

तितोपाटी- स्याङ्जाको वालिङ नगरपालिका-१४ स्थित तमादीमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ९ पुगेको छ। एकै परिवारका १० जना पहिरोमा पुरिएका थिए। तीन दिनदेखि परेको अविरल वर्षाले माया नेपालीको घर पुरिएको थियो। पहिरो परेर पाँच महिनाका बालकसहित एकै परिवारका नौ जनाको मृत्यु भएको हो।सुरक्षाकर्मी र स्थानीयले पहिरोमा पुरिएको घरबाट नौ…

Image

तत्कालका लागि मन्त्री बन्ने बाटो रोकियो, संवैधानिक इजलासबाट टुंग्याइने पार्टीभित्र ठूलो विवाद र शक्ति–संघर्षबीच राष्ट्रिय सभा प्रवेश गरेका सत्तारूढ दल नेकपा उपाध्यक्ष वामदेव गौतममाथि अर्को संवैधानिक जटिलता आइलागेको छ । राष्ट्रिय सभा सदस्यमा गौतमको नियुक्ति संविधानको मर्मविपरीत भएको भन्दै नियुक्ति बदरको माग राखी दायर रिटमा सर्वोच्चले उनलाई थप संवैधानिक जिम्मेवारी नदिन…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा ११७२ जना संक्रमित थपिएका छन् । सोहि अबधिमा १८९३ जना निको भएका छन् भने थप ७ जनाको मृत्यु भएको छ । अहले सम्म संक्रमित भएकाको कुल संख्या ६७८०४ पुगेको छ भने देश भरका अस्पताल…