Sunday 11th October 2026

राष्ट्रपति भण्डारीद्वारा कुवेती अमीरलाई बधाई


तितोपाटी- राष्ट्रपति विद्यादेवी भण्डारीले कुवेतको अमीरको कार्यभार सम्हालेका शेख नवाफ अल अहमद अल जाबेर अल सबाहमा बधाई ज्ञापन गरेकी छिन् । कुवेती अमीरलाई आज बधाई सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता अत्यन्त सुमधुर सम्बन्ध रहेको बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले विद्यमान द्विपक्षीय सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छिन् । उनले कुवेत र त्यहाँका मित्रवत् जनताको निरन्तर प्रगति र समृद्धिको कामना सन्देशमा गरेकी छिन् ।

नेपाल र कुवेतबीच सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।


सम्बन्धित शीर्षकहरु

नयाँदिल्ली। भारतको ककक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिप्के, सहसंयोजक सौरव दास र आशुतोष रङ्का प्रहरी नियन्त्रणबाट रिहा भएका…

लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल…

युक्रेनको दक्षिणी सहर जापोरिझ्झिया (Zaporizhzhia) मा रूसले शनिबार पाँचवटा ग्लाइड बम प्रहार गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये…

प्रतिकृयाहरू
...