Saturday 5th July 2025

सरकारले भन्यो- यसपालि जहाँ छौं, त्यहीँ बसेर दसैं मनाऔं


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्षको दसैं जो जहाँ छ, त्यहीँ स्थानमा मनाउन अपिल गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसपालिको दसैं अहिले बसिरहेकै स्थानमा मनाउन समन्वय गर्ने र त्यहीँ अनुसार सन्देश प्रवाह गर्नुपर्ने जानकारी गराए।पछिल्लो समय संक्रमणको अवस्था खराब भएको भन्दै मन्त्रालयले चाडबाडमा समेत विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

दसैंमा लाखौं मानिस काठमाडौं उपत्यकाबाट घर जाने भएपनि अहिले उपत्यका नै संक्रमणको उच्च जोखिममा छ। आइतबार मात्र उपत्यकामा एक हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ।आज देशभर थपिएका संक्रमितमध्ये उपत्यकाका मात्र ७० प्रतिशत छन्।दसैं नजिकिँदै गर्दा उपत्यकाबाट लाखौं मानिस घर जानलाई तयार छन्। विज्ञहरूले समेत उपत्यकाबाट घर जानेहरूबाट गाउँगाउँमा संक्रमण फैलिने जोखिम रहेको औँल्याएका छन्।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको…

तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान…

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

प्रतिकृयाहरू
...