Thursday 22nd October 2026

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुग्यो


तितोपाटी-पछिल्लो २४ घन्टामा देशभर थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना महिला र ५ जना पुरुष रहेकाछन् । यो संगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन ।

ललितपुरमा १ जना महिला र २ जना पुरुष गरी ३ जना, काठमाडौंमा २ जना महिलाको मृत्यु भएको छ । त्यसैगरी नवलपरासीकी १ जना महिला, तेह्रथुम, चितवन र सुनसरीका १ –१ पुरुषको मृत्यु भएको छ भने देशभर १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।
हालसम्म देशभर संक्रमित हुनेको संख्या ९०,८१४ पुगेको छ । ६७,५४२ जना  संक्रमित निको भएर घर फर्किएका छन भने ५६३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...