Sunday 12th May 2024
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - इन्डोनेसियको एक सामुद्रिक तटमा फेरी डुब्दा २९ जनाको मृत्यु भएको छ भने करिब ३१ जना बेपत्ता भएका छन् । उक्त फेरीमा १ सय ४० यात्रु रहेको बताइएको छ । सुलावेसी टापू नजिकको सामुद्रिक तटमा मंगलबार साँझ उक्त दुर्घटना भएको हो । उक्त सामुद्रिक किनारा इन्डोनेसियाको जाभा प्रान्तको उत्तरतर्फ पर्छ…

Image

तितोपाटी - मलेसियाका पूर्वप्रधानमन्त्री नजिव रजाक मंगलबार पक्राउ परेका छन् । भ्रष्टाचारसम्बन्धी मुद्दामा पक्रा परेका रजाकलाई बुधबार मुद्दा लगाइने अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनीविरुद्ध राज्यकोषको चरम दुरुपयोग गरी ७ सय मिलियन डलर हिनामिना गरी आफ्नो बैंक खातामा सारेको आरोप छ । ६४ वर्षीय पूर्वप्रधानमन्त्री रजाकले सरकारी विकास कोष वान एमडीबीबाट रकम…

Image

तितोपाटी - थाइल्यान्डको एक गुफामा ९ दिन अघिदेखि हराइरहेका १३ जना भेटिएका छन् । तर उनीहरूकाे उद्धार गर्न अझै केही समय लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । गुफामा फसेकामा १२ बालक र १ जना तिनका प्रशिक्षक रहेका छन् । उनीहरु गुफा घुम्न गएका बेला फसेका थिए । चियांग राईको थाम लुएङ…

Image

तितोपाटी - वामपन्थी उम्मेदवार आन्द्रेस मानुएल लोपेज ओब्रादोरले मेक्सिकोको राष्ट्रपतीय निर्वाचनमा विजय प्राप्त गरेको बताउँदै अब देशमा ‘गहन परिवर्तन’ आउन लागेको भनेका छन् । राजधानी मेक्सिको सिटीका पूर्वमेयरलाई आम्लो भनी चिनिन्छ र उनले कुल मतको ५३ प्रतिशत प्राप्त गर्ने प्रक्षेपण गरिएको छ । उनका प्रतिस्पर्धीहरूले हार स्वीकार गरिसकेका छन् । उनले…

Image

तितोपाटी -  अफगानिस्तानको जलालाबादमा आइतवार सिख र हिन्दूहरूमाथि आत्मघाती आक्रमण गरिएको छ । आक्रमणमा १९ जनाको मृत्यु भयो भने २० जना घाइते भए । यी हिन्दू तथा सिखहरू राष्ट्रपति अशरफ गनीलाई भेट्न गइरहेका थिए । नंगरहार प्रान्तका प्रवक्ता इनामुल्ला मियांखलीले आक्रमणमा ११ सिख, ६ हिन्दू तथा दुई अन्य अल्पसंख्यक धर्मावलम्बी…

Image

तितोपाटी - फ्रान्सका एक कुख्यात अपराधी रेडोइन फेड हलिउड फिल्ममा जस्तै गरी हेलिकप्टर चढेर जेलबाट भागेका छन् । राजधानी पेरिसको दक्षिणपूर्वमा रहेको रियू जेलमा बन्द फेड आइतवार बिहान केही सशस्त्र व्यक्तिहरूको सहायतामा जेलबाट भागेका हुन् । उनले जेल कसरी तोडे र उनलाई कसले सहायता ग–यो भन्ने विषयमा प्रहरीले केही पत्ता लगाउन…

Image

तितोपाटी - भारत प्रशासित कश्मीर भीषण वर्षापछि बाढीले डुबानमा परेको छ । यहाँका नदी र खोलामा पानीको स्तर खतराको तहभन्दा माथि रहेको छ । उद्धारका लागि राज्यका सम्पूर्ण यन्त्र तयारी अवस्थामा राखिएको जम्मु एवं कश्मीरका राज्यपाल एन.एन. बोहराले जानकारी दिएका छन् । विभिन्न ठाउँमा संकटकाल घोषणा गरिएको छ । संगम, राम…

Image

तितोपाटी - भारतको उत्तरी क्षेत्रको उत्तरा खण्ड राज्यमा आइतबार बस दुर्घटना हुँदा कम्तीमा ४७ जनाको मृत्यु भएको जनाएको छ । उत्तरा खण्ड राज्यमा पर्ने हिमालयन भन्ने ठाउँमा रहेको साँघुरो बाटोमा बस दुर्घटनामा परेको प्रहरी अधिकारीले बताएका छन् । ‘दुर्घटनामा परी ४७ जनाको मृत्यु भएको छ, अरु कम्तीमा पनि तीन जना घाइते…

Image

तितोपाटी - भारतको राजधानी नयाँ दिल्लीस्थित एक घरमा ११ जनाको शव फेला परेको छ । ११ शव मध्ये १० जनाको आँखामा पट्टी बाँधेर झुण्डिएको र १ जनाको शव भने भुइँमा लडिरहेको अवस्थामा फेला परेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । मृतकहरु एकै परिवारका सदस्य रहेको र जसमा ७ जना महिलासहित ४…

Image

तितोपाटी - मानव बेचबिखनविरुद्धको सङ्घर्षमा आफ्नो जीवन समर्पित गरेवापत नेपालकी सुनीता दनुवारले ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुभएको छ । नेपालभरका पीडित तथा जोखिममा रहेका समुदायहरूलाई सेवा गर्ने प्रतिबद्धताका लागि शक्ति समूहकी सह–संस्थापक तथा कार्यकारी निर्देशक दनुवारलाई सम्मानित गरिएको हो । पीडितको संरक्षण गर्ने, दोषीलाई सजाय दिलाउने र मानव बेचबिखनबारे चेतना…