Saturday 31st October 2026

पाकिस्तान र अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तिमा १२ जनाको मृत्यु


मङ्गलबार साँझ पाकिस्तान र अफगानिस्तानमा गएको ६.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पले कम्तीमा १२ जनाको ज्यान गएको छ भने दर्जनाै मानिसहरू घाइते भएका छन् ।

संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण एजेन्सीले भूकम्पको केन्द्रविन्दु उत्तर पूर्वी अफगानिस्तानको जुर्म नजिक रहेको र यसको गहिराइ १८७ किलोमिटर रहेको बताएको छ । पाकिस्तानको उत्तर-पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकामा भूकम्प जाँदा धेरै परिवारहरू पर्शियन नयाँ वर्ष वा नोर्उज मनाउन घरबाहिर थिए।

भूकम्पका कारण पहाडी क्षेत्रमा पहिरो गएपछि यातायात अवरुद्ध भएको छ । स्थानीय समय अनुसार मंगलबार साँझ भूकम्प गएकोले एकिन तथ्य नअाइसके पनि दुर्गम क्षेत्रमा राहत उद्दारमा कठिनाइ र ढिलाइ हुने भएको छ ।

भारत, उजबेकिस्तान, ताजिकिस्तान, काजाकिस्तान, किर्गिजस्तान, अफगानिस्तान र तुर्कमेनिस्तानसम्म फैलिएको १,००० किलोमिटर क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको युरोपेली भूमध्य क्षेत्रीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ।

गत वर्ष जुनमा अफगानिस्तानको पक्तिका प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प गएपछि १,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो, जुन झण्डै एक चौथाई शताब्दीमा देशको सबैभन्दा घातक मानिएको थियो।


सम्बन्धित शीर्षकहरु

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा व्यापक आर्थिक अनियमितता भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संस्थानका…

समाचार प्रकाशनकै विषयलाई लिएर प्रहरीले विभिन्न सञ्चारमाध्यमका पत्रकारमाथि शुक्रबार गरेको धरपकडको घटनाले देशभर बहस सिर्जना गरेको छ। सञ्चारगृहभित्रै प्रवेश गरेर…

सल्यान जिल्लामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शारदा नगरपालिका–१…

प्रतिकृयाहरू
...