Friday 9th October 2026

राहुल गान्धीको सांसद पद खारेज


चार वर्ष पुरानो मानहानीको घटनालाई लिएर कंग्रेस नेता राहुल गान्धीविरुद्ध भएको सजायको एक दिनपछि शुक्रबार उनको लोकसभाको सदस्यता रद्द गरिएको छ ।

यसअघि बिहीबार राहुललाई सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको घटनामा २ वर्षको सजाय सुनाएको थियो । अदालतले गान्धीलाई १५ हजार जरिवाना पनि तोकेको छ । तर उनलाई फैसलाविरुद्ध अदालतमा अपिल गर्नका लागि एक महिनाको समय दिइएको छ ।

सन् २०१९ मा गान्धीले मोदी थरलाई लिएर एउटा टिप्पणी गरेका थिए । मुद्दाको सुनुवाइ भइरहेका बेला राहुल सुरत अदालतमा उपस्थितसमेत थिए । राहुलले कथित रूपमा एक बयानमा ‘किन सबै चोरका थर मोदी छ ?’ भनेको आरोप लागेको छ ।


सम्बन्धित शीर्षकहरु

भारतको चेन्नईमा ४ अक्टोबर २०२६ मा आयोजित ‘धर्मरक्षा महोत्सव’ मा भारतीय प्रविधि संस्थान मद्रास (आईआईटी मद्रास) का निर्देशक तथा वैज्ञानिक…

यहूदी समुदायको विश्व जनसङ्ख्या तुलनात्मक रूपमा सानो भए पनि नोबेल पुरस्कार विजेतामा उनीहरूको उल्लेखनीय उपस्थिति छ। अर्कोतर्फ, विश्वभर करिब दुई…

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

प्रतिकृयाहरू
...