Thursday 15th October 2026

मलावी र मोजाम्बिकमा भीषण चक्रवात फ्रेडीका कारण  दुई सय जनाभन्दा बढीको मृत्यु


दक्षिण मलावी र मोजाम्बिकमा भीषण चक्रवात फ्रेडीका कारण  दुई सय जनाभन्दा बढीको मृत्यु भएको छ। मलावीमा एक सय ९० जनाको ज्यान गएको तथा मोजाम्बिकमा २० जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्।

मलावीमा पाँच सय ८४ जना घाइते भएका तथा ३७ जना बेपत्ता भएका छन् भने छिमेकी मोजाम्बिकमा २४ जना घाइते भएका छन्। चक्रवातबाट जोगिएकाहरू प्रभावित क्षेत्रमा आफ्ना प्रियजनको खोजीमा लागेका छन्। मोजाम्बिकमा २२ हजारभन्दा बढी विस्थातिप भएका रेडियो मोजाम्बिकले जनाएको छ।

मालवीको प्राकृति संशाधन तथा जलवायु परिवर्तन मन्त्रालयले चक्रवात क्रमशः कमजोर हुँदै गएको जनाए पनि देशको दक्षिणी भागमा भारी वर्षा हुने चेतावनी दिएको छ। बाढीपहिरोको जोखिम बढेको जनाउँदै उक्त मन्त्रालयले सतर्कता अपनाउन देशवासीलाई आग्रह गरेको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...