Saturday 10th October 2026

टर्की – सिरिया भूकम्पमा मर्नेको संख्या ५० हजार नाघ्यो


टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघेको छ । टर्कीको प्रकोप उद्धार एजेन्सीले देशमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ४४,२०० नाघेको जनाएको छ । जबकि सिरियामा यसका कारण ६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीमा भूकम्पका कारण एक लाख ६० हजारभन्दा बढी भवन या त ध्वस्त भएका छन् वा नराम्रोसँग चर्किएका छन् ।

फेब्रुअरी ६ मा टर्की र सिरियामा दुई वटा शक्तिशाली भूकम्प गएको थियो ।


सम्बन्धित शीर्षकहरु

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फेरि विवादमा तानिएका छन्। सरकारी निकायहरूले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्ने, मुद्दा मिलाउने र आर्थिक कारोबार गरेको…

प्रतिकृयाहरू
...