Monday 28th September 2026
स्वास्थ्य
Image

गोपाल ढकाल(मनोविद), धार्के - धादिङ जिल्लाको धार्के गाउँपालिकामा एक दिने निशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । मनोरोग उपचार तथा पुर्न:स्थापना केन्द्र र मानसिक एवं मनोसामाजिक सु स्वास्थ्यको राष्ट्रिय अभियान नेपालको आयोजना तथा धार्के गाउँपालिकाको सहकार्यमा एक दिबसिय शिविर संचालन गरिएको हो । शिबिरमा मनोचिकित्सक प्रा.डा. पुष्पराज शर्माले बिरामीको…

Image

तितोपाटी- कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार योसाता यूकेमा दुईजना र मलेसिया एक नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विदेश (२० देश) मा ३१७ संक्रमित पुगेका छन् । संघको…

Image

तितोपाटी- भारतले आगामी शनिबारदेखि कोरोना भाइरसविरुद्ध देशव्यापी खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । भारतले माघ ३ देखि भारतमा कोरोनाविरुद्धको देशव्यापी खोप अभियान सञ्चालन गर्ने भएको हो । खोप अभियानको मिति घोषणा भएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप कार्यक्रम सुरु भएको दिन महामारीविरुद्धको अभियानमा कोषेढुंगा सावित हुने बताएका छन् ।…

Image

तीतोपाटी - कुवेतको फरवानियामा रहेको बदर अल समा मेडिकल सेन्टरले अहिले सम्मकै सबैभन्दा सस्तो दरमा पुर्ण शारीरिक स्वास्थ्य जाँच (Full Body Checkup) गर्ने सेवा दिन शुरू गरेको छ । न्यूनतम् ४५ केडि पर्ने उक्त स्वास्थ्य चेक जाँच प्रवासी श्रमिकहरूको कोभिड-१९ को कारण सिर्जित अार्थिक अवस्थालाइ ध्यानमा राखेर नयाँ वर्षको अवसरमा…

Image

तितोपाटी- कुवेतमा विभिन्न कम्पनीमा अलपत्र परेका ७ नेपालीको उद्धार गरिएको छ । गत वर्ष मार्चबाट नै कोरोनाका कारण कम्पनी बन्द भएको र खुलेपछि पनि कम्पनीले काम नदिएपछि अलपत्र परेका ६ पुरुष र १ महिला उद्धार गरी स्वदेश पठाइएको एनआरएनए कुवेतका अध्यक्ष- सुजन केसीले जानकारी दिएका छन । उद्धार गरी स्वदेश…

Image

तितोपाटी- कुवेतबाट सृजना पाण्डेद्वारा रक्त क्यान्सर, र स्पाइनल कट इंजूरी, दुबै जना पिडित बचाउ अभियानको सुरुवात गरिएको छ। विगत सात महिना देखि रक्त क्यान्सरले पिडित बनेका नबिन गुरूँग र बिगत डेढ वर्ष पहिला देखी स्पाइनल कट इंजुरी जस्तो घातक रोगबाट पिडितलाई उपचार खर्च जुटाउन कुवेतमा कार्यरत पाण्डेले एकसाथ अभियान सुरु…

Image

तितोपाटी- रसुवा जिल्ला नौकुन्ड गाउँपालिका वडा न ६ का रक्त क्यान्सर पीडित बर्ष ६४ कि उर्ची तामाङलाई समाजसेबी वाङ नेगीको अभियान, र युग लामाद्वारा संकलित आर्थिक रकम सहयोग गरिएको छ। उक्त अर्थिक सहयोग रकम कुवेत नेशनल फिल्म हलमा कार्यरत नेपालीहरुद्वारा संकलित गरिएको थियो भने, कुवेतमा कार्यरत दार्जालिङबासी नेपालीहरुले पनि सहयोग…

Image

तितोपाटी- साउदी अरबले डिसेम्बरमा लगाएको अस्थायी यात्रा प्रतिबन्ध हटाएको छ । यो प्रतिबन्ध कोभिड–१९ को नयाँ भेरियन्टको खतरालाई मध्यनजर गर्दै लगाइएको थियो । साउदी अरबको गृहमन्त्रालयले आइतबार बिहान यो जानकारी दिएको हो । यो यात्रा प्रतिबन्ध थुप्रै देशमाथि लगाइएको थियो । साउदी प्रेस एजेन्सीले गृहमन्त्रालयलाई उद्धृत गर्दै भनेको छ, ‘आइतबार…

Image

तितोपाटी- कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता पोर्चुगलमा दुई र बेलायतमा एक जनाको मृत्यु भएको हो । संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ सय १५ पुगेको छ । अहिलेसम्म २० देशमा…

Image

तितोपाटी- बेलायतमा यही महिनाको सुरुमा पहिलोपटक पत्ता लागेको नयाँ प्रकारको कोरोना भाइरसबाट ६ जना भारतीय पनि संक्रमित भएको पुष्टि गरिएको छ । ती सबैजना हालसालै यूकेबाट फर्किएका थिए। भारत सरकारका अनुसार उनीहरूलाई स्वास्थ्य केन्द्रहरूमा एकान्तवासमा राखिएको छ र उनीहरूको निकट सम्पर्कमा आएकाहरूको जाँच गरिँदै छ। भारतले गत साता अन्य देशजस्तै…