Wednesday 22nd July 2026

कुवेतमा कार्यरत झण्डै २लाखको भिसा समाप्त,३१ जनवरी पछी चेक जाँचमा कडाई गरिने


तितोपाटी- कुवेतमा कार्यरत आप्रवासी कामदारहरु झण्डै २ लाख जनाको भिसा समाप्त भएको र आगामी ३१ जनवरी पछी कुवेतका विभिन्न स्थानहरुमा छापा मारिने साथै चेक जाँचमा निकै कडा गरिने भएको छ।

कोरोना महामारीको बिच कुवेतस्थित सर्वोच्च समितिको बैठकपछि पत्रकार सम्मेलनमा निर्णय सार्वजानिक गर्दै कुवेतका गृहमन्त्री शेख थमेर अली सबाह अल सलेम अल सबाहले कुवेतमा रहेका आप्रवासीहरु एक लाख ८० हजार जना बिना भिसा बसोबास गर्दै आएको बताएका छन

कुवेत गृह मन्त्रालयको निरीक्षण अभियान सञ्चालन नभएको हुँदा मुलुकमा रेसिडेन्सी उल्लंघन गर्नेहरूको संख्या १ लाख ८० हजार पुगेको स्थानीय मिडिया कुवेत टाइम्सले जनाएको छ।

यो संगै गृहमन्त्रीले कुवेतमा अवैधानिक रुपमा बसोबास गर्ने विदेशी नागरिकहरुको संख्या फेरी बढ्दै गएको बताएका छन।
समाचारमा दिएको जानकारी अनुसार उक्त अवैधानिकको संख्याको करिव ३८ प्रतिशत छोटो अवधिमा वृद्धि भएको छ ।

कोरोना संक्रमणका कारण केही समय पहिला सम्म विश्वभर यात्रा प्रतिवन्ध लागेको तथा भिसा लगाउने प्रकृया झण्झटिलो भएका कारण यसरि भिसाको म्याद सकिएर पनि मानिसहरु बसिरहेको हुन सक्ने विभागका अधिकारीहरुले बताएका छन् ।
कतिपय देशहरुले यात्रामा पूर्ण प्रतिवन्ध लगाएका छन् भने कतिपयले आंशिक रुपमा मात्र यात्रा खुलाउदा उक्त संख्या बढेको विभागले उल्लेख गरेको छ ।

कुवेत आन्तरिक मन्त्रालयले नियम उल्लंघन गर्नेहरूलाई स्थिति सुधार गर्न धेरै पटक आग्रह गरेको छ, तर पूर्णरूपमा कुनै सकारात्मक प्रतिक्रिया आएको छैन। कुवेत सरकारले दुई पटक सम्म वैधानिक बन्न अवसर दिएको थियो सोही अवसरमा २५ हजारले मात्र उक्त अवधिबाट लाभान्वित भएका छन।
उक्त अवसर आगामी जनवरी ३१ मा अन्त्य हुदैछ स्रोतले भन्यो अब मात्र १० दिन मात्र बाँकी छ हजारौं उल्लंघनधारी बस्ने इलाकाहरूमा जलेब अल-शुयौख र अमघरा जस्ता स्थानहरुमा अवैधानिकहरुलाई पक्राउ अभियान सञ्चालन गर्न त्रिपक्षीय समितिको भूमिका सक्रिय पारीने जनाएको छ।


सम्बन्धित शीर्षकहरु

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

भारतीय राजनीतिज्ञ, लेखक तथा कूटनीतिज्ञ शशि थरूरद्वारा लिखित Why I Am a Hindu समकालीन भारतमा हिन्दू धर्म, हिन्दुत्व र धर्मनिरपेक्षताको…

इरान–अमेरिका वार्तामा मध्यस्थको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता सुविधा (Exchange Stabilisation Support Facility)…

प्रतिकृयाहरू
...