Friday 29th March 2024

धादिङको धार्केमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न


गोपाल ढकाल(मनोविद), धार्के – धादिङ जिल्लाको धार्के गाउँपालिकामा एक दिने निशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । मनोरोग उपचार तथा पुर्न:स्थापना केन्द्र र मानसिक एवं मनोसामाजिक सु स्वास्थ्यको राष्ट्रिय अभियान नेपालको आयोजना तथा धार्के गाउँपालिकाको सहकार्यमा एक दिबसिय शिविर संचालन गरिएको हो ।

शिबिरमा मनोचिकित्सक प्रा.डा. पुष्पराज शर्माले बिरामीको स्बास्थ्य परिक्षण गरेका थिए भने मनोविद गोपाल ढकालले मनोपरामर्श सेवा प्रदान गरेका थिए । उक्त शिबिरमा एक सयभन्दा बढिले सेवा लिएका थिए । सो अवसरमा मनोविद ढकालले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण र लामो समयको लकडाउनले जनजिवनमा विभिन्न किसिमका मनोसामाजिक एवं मानसिक स्बास्थ्य समस्याहरु देखिएको यो प्रकृतिक बिपत्तिको समयमा समुदाय स्तरमा नै मानसिक स्बास्थ्यका विभिन्न कार्यक्रमहरु संचालन गर्नु अति जरुरी छ बताए ।

उक्त एक दिने शिविरमा मानसिक स्वास्थ्य परिक्षण पछि सबै बिरामीलाई निःशुल्क रुपमा औषधि समेत बितरण गरिएको थियो । शिबिरमा आएका मध्ये तीन जना कडा खालको मानसिक स्बास्थ्य समस्यामा परेका ब्यक्तिहरुलाई आबासिय उपचारको प्रवन्ध समेत गरिएको छ ।

कार्यक्रममा बोल्दै गाउँ पालिकाका अध्यक्ष राम कुमार आचार्यले मानिस भौतिक रुपमा मात्र होइन मानसिक रुपमा पनि खुशी र सम्पन्न हुनु पर्ने बताएका थिए भने उपाध्यक्ष अम्बिका रुपाखेतीले गाउँपालीका भित्र रहेका र मानसिक रोगको औषधि सेवन गरिरहेका सबै बिरामीहरुको औषधी खर्च गाउँपालिकाले बेहोर्न जानकारी दिएका थिए । यस्तो शिविर अब देखि प्रत्येक तीन तीन महिनामा गरिने भएकोछ ।
धार्के गाउँपालिकाले स्थानिय तहमै पहिलो पटक मनोसामाजिक स्वास्थ्यमा निर्देशिका नै तयार पारी मानसिक स्बास्थ्यका बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएकोछ ।

दस वर्षदेखि सडकको जीवन बिताई रहेका जनक नाम गरेका मनोरोगीको उद्दार गरि गाउँपालिका र मनोरोग उपचार केन्द्रको सहकार्यमा उपचार भईरहेकोछ । गाउँ पालिकाले आफ्नो सबै बडाहरुमा एक एक जना मनोपरामर्शदाताको समेत ब्यबस्था गरेकोछ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...