अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत “हिरो अफ द इयर” छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ। विश्वभरका दर्शकहरूले आफूलाई सबैभन्दा प्रेरणादायी लागेका शीर्ष पाँच फाइनलिस्टमध्ये एकलाई मतदान गर्न सक्नेछन्।
मतदान अक्टोबर २८ देखि नोभेम्बर २९, २०२६ सम्म खुला रहनेछ। सहभागीहरूले प्रमाणित इमेल प्रयोग गरी दिनमा अधिकतम १० मत दिन पाउनेछन् भने फेसबुक वा एक्स (ट्विटर) मा साझा गरेपछि थप १० बोनस मत प्राप्त गर्न सक्नेछन्।
यस अवसरमा नेपालसँग सम्बन्धित विगतका चर्चित CNN Heroes हरू पनि स्मरणमा आएका छन्। Anuradha Koirala सन् २०१० मा CNN Hero of the Year बन्न सफल भएकी थिइन्। उनले स्थापना गरेको Maiti Nepal संस्थामार्फत मानव बेचबिखनमा परेका हजारौँ महिला तथा बालिकाको उद्धार तथा पुनर्स्थापना गरेकी छन्।
त्यसैगरी, Pushpa Basnet पनि CNN Heroes का लागि मनोनित नेपाली समाजसेवी हुन्। उनले जेलमा रहेका कैदीका बालबालिकाको संरक्षण तथा शिक्षाका लागि Butterfly Home स्थापना गरेकी छन्।
यस्तै, अमेरिकी समाजसेवी Maggie Doyne ले नेपालको सुर्खेतमा Kopila Valley Children’s Home सञ्चालन गर्दै सामाजिक योगदान पुर्याएकी छन् र सन् २०१५ मा CNN Hero को सम्मान प्राप्त गरेकी थिइन्।