Thursday 17th September 2026

कुवेतबाट क्यान्सर र स्पाइनल पीडित बचाउ अभियान सुरु


तितोपाटी- कुवेतबाट सृजना पाण्डेद्वारा रक्त क्यान्सर, स्पाइनल कट इंजूरी, दुबै जना पिडित बचाउ अभियानको सुरुवात गरिएको छ।

विगत सात महिना देखि रक्त क्यान्सरले पिडित बनेका नबिन गुरूँग बिगत डेढ वर्ष पहिला देखी स्पाइनल कट इंजुरी जस्तो घातक रोगबाट पिडितलाई उपचार खर्च जुटाउन कुवेतमा कार्यरत पाण्डेले एकसाथ अभियान सुरु गरेकी हुन

धादिङ जिल्ला निलकण्ठ नगर पालिका वडा नम्बर १४ का बाबु नर बहादुर गुरुङ आमा सुकुमाया गुरुङका क्यान्सर पिडित ११ बर्षेछोरा नवीन गुरुङ, रहेका छन भने अर्का कालिका नगरपालिका चितवन घर वर्ष ३३ का बलराम कुमाल दुबै जनालाई बचाउन कुवेतबाट अभियान सुरु गरीएको पाण्डेले बताइन।

आर्थिक स्थिती निकै नै दयनिय रहेको गुरूँग परिवार कुमाल परिवारमा बिहान खाए बेलुकी के खाउ भन्ने स्थिति रहेको बताउदै रक्तपिडित नबिनलाई क्यान्सरका लागि उपचार गर्ने खर्च झन् कहाँबाट जुटाउने भन्ने प्रश्न खड़ा भएको संगै स्नाइपल पिडित कुमालकोसमस्या पनी उस्तै रहेको अभियानकर्ता पाण्डेले जानकारी दिएकी छिन।

त्यस्तै ११ वर्षको सानै उमेरमा ब्लड क्यान्सर जस्तो प्राणघातक रोगबाट पिडित भई कान्तिबाल अस्पतालको शैयामा मृत्युसँग जुधिरहकागुरूँगलाई स्पाइनल रोगबाट उपचाररत रहेका कुमाललाई सहयोगका लागि उक्त अभियान सञ्चालन गरिएको हो

दुबै पिडित घरको पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि पिडितको परिवारले सहयोगको अपिल गरेसंगै कुवेतबाट सम्पूर्णसहयोगी मनहरुलाई स्वच्छिक रुपमा सकेको अर्थिक सहयोग गर्न अभियानकर्ता पाण्डेले अनुरोध गरेकी छिन।

दुबै पिडितलाई सहयोग गर्न चाहनेले सम्पर्क नम्बर
९८४२७४६१५९ नरबहादुर गुरुङ बिरामीका बुवा
००९७७९८२३७९७८३३ बलराम कुमाल


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...