Thursday 17th September 2026

बदर अल समा मेडिकल सेन्टरले बदर विशेष स्वास्थ्य कार्ड टुलुकुटा कुवेत(TKK) लाइ बाँड्यो


तीतोपाटी – बदर अल समा मेडिकल सेन्टर फरवानियाले बदर विशेष स्वास्थ्य कार्डको एक समारोहको विच सार्वजनिक गरि र बदर अल समा मेडिकल सेन्टरसँग सहकार्य गर्ने टुलुकुटा कुवेत (TKK) का पदाधिकारी तथा सदस्यहरूमा निःशुल्क वितरण गरेको छ। ब्यक्तिगत रूपमा १० केडि मुल्य पर्ने बदर विशेष स्वास्थ्य कार्ड बदर अल समा मेडिकल सेन्टर सँग सहकार्य गर्ने कम्पनी तथा संघ संस्था एव समुहहरूका सदस्लायहरूलाइ प्रदान गरिन्छ ।

बद्र अल सामा मेडिकल सेन्टरमा आयोजित एक कार्यक्रममा बदर अल समा मेडिकलका प्रबन्धक मिष्टर अब्दुल रजाकले (TKK) का सबै सदस्यहरूलाई बदर विशेष स्वास्थ्य कार्ड प्रदान गरेका हुन् । यस कार्डको साथ सदस्यहरूले डक्टर परामर्श, एक्स-रे, प्रयोगशाला र फार्मेसी लगायतका सबै विभागहरूमा भारी मात्रामा छुट प्राप्त गर्न सक्छन्।

उक्त बदर विशेष स्वास्थ्य कार्ड वितरण कार्यक्रममा श्रीमती प्रीमा मार्केटिंग कोर्डिनेटर, बद्र अल साम मेडिकल सेन्टरकी मार्केटिङ कोअर्डिनेटर श्रीमती प्रीमा तथा टुलुकुटा कुवेतका अध्यक्ष श्री रमेश शेकर बन्दारी, टिकेके का प्रबन्ध, सल्लाहकार बोर्ड र कार्यकारी सदस्यहरूको उपस्थिति थियो।

यस अघि ४५ केडि लाग्ने पुर्ण शारीरिक स्वास्थ्य परिक्षण प्षाकेजलाइ नयाँ वर्षको अबसर पारेर विशेष छुटमा १५ केडिमा उक्त सेवा दिएको बदर अल समा मेडिकल सेन्टर फरवानियाले राती १० बजेदेखि १२ बजे सम्मको समयमा पुर्ण शारीरिक स्वास्थ्य परिक्षण गर्नेलाइ जम्मा १० केडिमा सो सेवा दिदै अाएको छ।

तपाइहरूको पनि कुनै स्वास्थ्य समस्या छ र अार्थिक भारको कारण स्वास्थ्य परिक्षण गर्न सकिरहनु भएको छैन भने अाजै बदर समा मेडिकल सैन्टर फरवानियामा उपलब्ध विेशेष अफरको प्रयोग गरि थोरै खर्चमा स्वास्थ्य परिक्षण गराउन सक्नुहुनेछ ।


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...