Thursday 17th September 2026

एनआरएनए कुवेतद्वारा सात नेपालीको उद्धार


तितोपाटी- कुवेतमा विभिन्न कम्पनीमा अलपत्र परेका ७ नेपालीको उद्धार गरिएको छ । गत वर्ष मार्चबाट नै कोरोनाका कारण कम्पनी बन्द भएको र खुलेपछि पनि कम्पनीले काम नदिएपछि अलपत्र परेका ६ पुरुष र १ महिला उद्धार गरी स्वदेश पठाइएको एनआरएनए कुवेतका अध्यक्ष- सुजन केसीले जानकारी दिएका छन ।

उद्धार गरी स्वदेश फर्किनेहरुमा विशनबहादुर खत्री, लक्ष्मनबहादुर ढकाल, मिलनकुमार तामाङ, रामबहादुर तामाङ, विजय ग्याबक, अमर ढकाल र शान्ति बिक रहेका छन् ।

उनीहरुलाई गैरआवसीय नेपाली संघ केन्द्र र एनआरएनए कुवेतको संयुक्त सहकार्यमा एनआरएनए एनसीसी कुवेतले पीसीआर परीक्षण गरी नेपालसम्मको हवाइ टिकट र काठमाडौँदेखि घरसम्मको खर्चको व्यवस्था गरी जजिरा एयरको उडानमार्फत बुधबार स्वदेश फर्काइएको छ।

साथै कोरोना महामारीका करण कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई कुनै पनि समस्या भएको भए एनआरएनए कुवेतमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

नेपाल फर्कनेको हवाई टिकट, पीसीआर परीक्षण, ईलिगल भई समस्या परेकालाई सहयोग गरी काठमाडौँ बिमानस्थलदेखि घरसम्म पुग्ने खर्च समेत व्यवस्था गरिने एनआरएनए कुवेतले जनाएको छ ।

-खबरहबबाट


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...