Monday 8th June 2026
साहित्य
Image

लेख्यौ कि कवि कविता कतै कसैको आडमा । चाकडी गरी अगाडि जाने सुषुप्त आशामा ।१। बाचन कतै गर्यौ कि फेरि तालीको भरमा । कविता जन्मे अत्यन्तै राम्रो स्वन्त्र घरमा ।२। थालनी कतै भएछ क्यारे चाप्लुसी खेतीको । कविता पढ्दा त्यसैको बीच सुराक भेटियो ।३। समाजभित्र घटना घटे समाज लुकायो ।…

Image

बाहिर गोरो तर भित्र कालो छ नेताज्यू । जता गएपनि त तिम्रै जालो छ नेताज्यू ।। नपत्याए हेरौं त आफ्नै वरिपरि देखिन्छ स्वकिय सचिव त तिम्रै सालो छ नेताज्यू ।। सहयोग गर्नु है भ्रष्टाचारिलाई यसपाली मन्त्री बन्ने त अब तिम्रै पालो छ नेताज्यू ।। धोयौ रे सफा पारेर बलत्कारी र…

Image

कुदिन लाग्दा कुख्यात बनी कोरोना कुर्लियो । कसले किन कसरी कहाँ कहेको कुरा यो ।१। कुजात कति कुकर्म गर्छ भनेर खोजमा । कुनामा कतै कुक्रुक्क परी बसेको सोचमा ।२। कन्चटभरि अनेकथरि तर्कना तर्केका । कुजात अनि कुकर्म गर्ने कबाट उब्जेका ।३। क्यान्सर कोर अत्यन्तै कष्ट बोकेर निस्केका । कतिको ज्यान…

Image

अस्तिको बर्खे भेल जस्तै बग्यो नेता रहेछ । भावनमा सबैलाई डुबाएर ठग्यो नेता रहेछ । कस्तो नाटक जानेको हो जनता चिप्ल्याउन हाँस्दै हाँस्दै दाउ अाफ्नैतिर लग्यो नेता रहेछ । आईयो कहाँ बाट जाने कहाँ हो खोजी छैन । जे पाईयो जिवनमा केहि छाडी रोजी छैन । मानिसले किन बिर्सन्छन् थाहा…

Image

पूर्णिमा गयो सुटुक्कै फेरि शुरु भो जात्रा यो । गाईको जात्रा भएको नाम मान्छेको जात्रा हो । १। नेताको जात्रा चलेकै बेला कोरोना आएको । कोरोना जात्रा लुकेर भित्र गुम्सिनु परेको । २। कुकर्म गर्ने कुजात नेता कुनामा लुकेका । क्यान्सर, कोर कोरोना केही नटेरी बसेका । ३। छुचुन्द्रो जस्तो…

Image

भुस खाएको राँगो र घुस खाएको नेता उस्तै । भेडाको बथान अनि नेताका हुल सेता उस्तै ।। न ठेगान बोलीको न त बचन पक्का भएको खाने फाल्ने ठाउँ दुबै तिर यता र तेता उस्तै ।। ठग्न जानेको‌ र नेपाल बन्दमा ढुङ्गा हानेको फरक छैन नेता भनेपछि सबै बुढा केटा उस्तै…

Image

श्रावण शुक्ल पूर्णिमा तिथि पवित्र दिनमा । आङमा जनै राखेर डोरो बाँधिने हातमा ।१। रक्षाबन्धन कसैले भन्छन् कसैले राखी यो । जसरी हामी मनाए पनि आफूकै खुशी हो ।२। ब्राह्मण जाति शिवको पूजा ध्यानले गर्दछन् । शिवालय वा घरमा पनि शिव नै बस्दछन् ।३। रुद्रको पूजा रुद्रीको रुप श्रध्दाले गरिन्छ…

Image

कस्ले र किन पठायो कोरोना यो श्रृष्टिमा । के लाग्छ? कारण के हो तपाईको दृष्टिमा । यदि मेरो बिचार मान्नु हुन्छ भने सुन्नुहोस् पाप अतिवृष्टि भयो धर्मको अनावृष्टिमा । गरिबीको बिडम्बना मुटु भित्रै लुक्ने रहेछ । दैत्य अघि ईश्वरको शिर पनि झुक्ने रहेछ । स्तब्ध भईयो राक्षसी ताण्डवले परदेशमा हाम्रै…

Image

फोनको घन्टी टिनिन्न बज्यो के आयो खबर । मर्नेको संख्या बढेर गयो मोटर शहर ।१। अलिक टाढा निवास मेरो विक्सोम शहर । घरैमा बसी कसला काट्छु घुम्नको रहर ।२। खबर भन्छ साथीले थप्छ नजाउ बाहिर । कोरोना नाम घरैमा काम सजिलो जागिर । ३। महिना तीन भयो भ्रमण गर्न बाहिर…

Image

महल र झुपडी फरक भएर के‌ भो बस्ने बास एउटै हो । घराना उच्चनिच फरक भनेर के भो फेर्ने श्वास एउटै हो ।। फुर्सद कसैलाई पनि छैन हेर बुझिदिने कसले यो कुरा धनी र गरिब फरक भएर के भो जिउने आश एउटै हो ।। संसार भर सृष्टि रच्यो ईश्वरले मानव…