Thursday 22nd October 2026

कविताः- गोरु ब्यायो -हरि शर्मा (सुबेदी)


बिश्वमा आज अनौठो भा छ गोरु नि ब्याएको ।
जन्मेको बाच्छी बहर हो वा खुल्दुली लागेको । १ ।

अम्रिका भन्छ चाइना तिर होला यो ब्याएको ।
चाइना भन्छ पहिले साँढे अम्रिका आएको । २ ।

कसरी बुझ्नु यी पार्सी कुरा चकित भाका छौं।
अति नै भयो घरमा बस्दा थकित भाका छौँ। ३ ।

आजै र राति सपनी देखेँ भ्याक्सिन लगाको ।
कोरोना भन्ने बिषाणु कतै जगमा नभाको । ४ ।

मिलेर हामी बगैँचा पुगी खुशीले रमाको ।
दौलत धन कमी नै छैन प्रशस्त कमाको । ५ ।

नियाली हेर्दा आकाश खुला बादल नभाको ।
कोरोना नाथे भागेछ कता अस्तित्व नभाको । ६ ।

अम्रिका चीन मिलेर बसी निष्कर्ष खोजेको ।
कसरी बढौँ अगाडि भनी दुबैले सोधेको । ७ ।

झुलुक्क ब्युँझे जस्ताको तस्तै गोरु नै ब्याएको ।
अम्रिका चीन पुरानै दिन फरकै नभाको । ८ ।

हरि शर्मा (सुबेदी)
गलकोट- बागलुङ, नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला…

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले…

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।…

प्रतिकृयाहरू
...