Thursday 1st October 2026

कविताः- गोरु ब्यायो -हरि शर्मा (सुबेदी)


बिश्वमा आज अनौठो भा छ गोरु नि ब्याएको ।
जन्मेको बाच्छी बहर हो वा खुल्दुली लागेको । १ ।

अम्रिका भन्छ चाइना तिर होला यो ब्याएको ।
चाइना भन्छ पहिले साँढे अम्रिका आएको । २ ।

कसरी बुझ्नु यी पार्सी कुरा चकित भाका छौं।
अति नै भयो घरमा बस्दा थकित भाका छौँ। ३ ।

आजै र राति सपनी देखेँ भ्याक्सिन लगाको ।
कोरोना भन्ने बिषाणु कतै जगमा नभाको । ४ ।

मिलेर हामी बगैँचा पुगी खुशीले रमाको ।
दौलत धन कमी नै छैन प्रशस्त कमाको । ५ ।

नियाली हेर्दा आकाश खुला बादल नभाको ।
कोरोना नाथे भागेछ कता अस्तित्व नभाको । ६ ।

अम्रिका चीन मिलेर बसी निष्कर्ष खोजेको ।
कसरी बढौँ अगाडि भनी दुबैले सोधेको । ७ ।

झुलुक्क ब्युँझे जस्ताको तस्तै गोरु नै ब्याएको ।
अम्रिका चीन पुरानै दिन फरकै नभाको । ८ ।

हरि शर्मा (सुबेदी)
गलकोट- बागलुङ, नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...