Thursday 1st October 2026

कृष्ण जन्माष्टमी -हरि शर्मा (सुबेदी)


कायल पारी दुनियाँ सारा सतायो कंसले।
दुनियाँ रुँदै गरेको बिन्ती सुनेका बिष्णुले।
भाद्रको कृष्ण अष्टमी तिथी मथुरा पुरीमा।
कंसको पाप कुर्लन थाल्यो बसेर धुरीमा।१।

रातको बीच अँध्यारो कोठा जन्मेका बालक।
धपक्क बल्ने मुहारबाट ज्योतीको झलक।
कंसको बध लोकमा शान्ति उद्देश्य बिष्णुको।
मानव रुप अनेक लीला देखियो कृष्णको ।२।

बालक काल अनेक क्रीडा गरेर बितेका।
मखन चोरी खाएर दिक्क बनाई दिएका।
जवानी चढ्दा गोपिनीहरु साथमा लिएका।
कृष्णको अर्ती अर्जुन पाई युध्दमा जितेका।३।

दुष्टको चाला बढेर जाँदा मानव लोकमा।
बिष्णुले जन्म लिएर आउँछन् अनेक रुपमा।
कसैले दश चौबिस कोही भनेर मान्दछ्न्।
अवतार हो मान्छेको रुप बिष्णुको भन्दछ्न् ।४।

देवता साथै दानव पनि मान्छेको मन हो ।
अरुको खेदो खनेर हिँड्नु दानव भन्नु हो ।
भलाई सोची भलाई गर्नु देवता बन्नु हो।
उत्तम अति मानव मन बशमा पार्नु हो ।५।

-हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...