Friday 2nd October 2026

तीन चोटिला मुक्तकहरू -राम भण्डारी


भोग्नै पर्यो भावीले जो लेखेपछि निधारमा ।
पिडा दायी चिन्हहरू भेटेपछि निधारमा ।
किन यस्तो देख्छ हाम्रो समाजको आँखाले
अभागी हो भन्ने गर्छन् चोट देखेपछि निधारमा ।

आज भोली माहामारी बढेपछि कोरोनाको ।
दिन दिनै मृत्यु मिटर चढेपछि कोरोनाको ।
कस्तो बेला अायो मान्छे मान्छे सँग डराउने
चिन्ता झनै मनमा त्रास गढेपछि कोरोनाको ।

मौन किन भयौ नदी तालमा मिलाए सरि ।
गोधुलीमा रवि किरण नभमै बिलाए सरि ।
प्रतिशोधको ज्वाला माथि बनावटी हाँसो
काखमा राखी आफ्नै हातले बिष पिलाए सरि ।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...