Saturday 31st October 2026

गजल – राम भण्डारी


साबुन ले हात धोएर कोरोना बगाउनु पर्छ ।
घरबाहिर निस्किँदा सँधै मास्क लगाउनु पर्छ ।

महामारी बिरुद्ध हातेमालो गरेर एकजुट हौं
कसैलाई होईन आफैंमा चेतना जगाउनु पर्छ ।।

संक्रमण को त्रासमा झस्किन नपरोस् भनेर
परिक्षण जन-जनमा पुर्याउन सम्झाउनु पर्छ ।।

मुकदर्शक भई सरकारको मुख ताक्नु भन्दा
हाम्रो दायित्व देश,जनता लाई सघाउनु पर्छ ।।

होस्टेमा हैंसे गरी एकजुट हुन ढिलो नगरौं है
कोभिडलाई हाम्रो नेपाल बाटै भगाउनु पर्छ ।।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

लगातार वर्षा भएपछि रोशी गाउँपालिका–९ पिन्थली र रोशी गाउँपालिका–८ गिम्दीबेँसी क्षेत्रमा पहिरो खसेर बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।…

मध्यपूर्वमा जारी तनावबीच Iran’s Islamic Revolutionary Guard Corps (IRGC) ले Strait of Hormuz मा चारवटा तेल ट्यांकरमा आगलागी र विस्फोट…

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा व्यापक आर्थिक अनियमितता भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संस्थानका…

प्रतिकृयाहरू
...