Thursday 1st October 2026

साँढेको जुधाई – नेपाली लोक छन्द (झ्याउरे) -हरि शर्मा (सुबेदी)


साँढेको जुधाई बाच्छाको मिचाई अति नै भयो है।
दुईटा साँढे यसरी जुध्दा को जित्ने होला खै।१।

एउटा साँढे उफ्रन थाल्यो भुँईमा कुप्रेर।
अर्कोले त्यहीँ देखायो जात्रा बुरुक्क उफ्रेर ।२।

चीनको साँढे परेछ रातो खतरा संकेत।
अमृकी साँढे लोथरो पर्‍यो चीनको चंखे छ।३।

लडेका यिनी अचम्मै सित हुँकार गरेर।
सा-साना बाच्छा कुनामा लुके डरले मरेर ।४।

फोहोरी खेल कसरी हेर्नु दिक्दार भएर।
भोलिको चिन्ता बेसरी बढ्यो यो चाल देखेर ।५।

बटुली सबै भेटेको जति खाएर अघाका।
अर्काको लागि प्रबाह छैन लाज नै नभाका ।६।

लौन नि छिटो लडाइँ बन्द गरेर बस न।
बिलम्ब भयो भ्याक्सिन खोज्न अगाडि बढ न।७।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...