लेख्न मन लाग्छ धेरै बाध्य काम पर्ने मेरै याद अायो शीत धेरै जुनी हाम्रो जान्न खेरै काव्य पनि बन्ने भयो शीत हाम्रो धन्य भयो प्रिय श्रष्टा लागि रहे शीत थोपा जागि रहे हर दिन लागि रहे हेर्छु अनि दंग पर्छु एक्लै एक्लै हाँस्ने गर्छु शीत लेख्दै बाँच्ने गर्छु दिला शाह…
मलाई घर जान हतार थियो।गाईगुँई आवजले म रोकिए।तल्लो बाटोमा एकहुल मानिसहरूको जमात देखें। त्यहीँबाट आवाज आयो।"हामी अनुशासित किन हुने?" हामी युवती बचाउ अभियानमा छौ। फेरि अर्को आवाज सुने। "युवतीहरुको रक्षा हाम्रो धर्म हो ", अर्कोले थप्यो। म त्यहाँबाट अलि माथि गए।अँध्यारोले बाटो छोपी सकेको थियो। सर्यक्क सुरुक्क आवाज आयो ।…
गजल ### बुझ्नु कसरी बाहिरी नजरको इसारा कसैको । पाउँछु कि भनि हिडेको थिए सहारा कसैको । सोझो तरिकाले बुझ्न खोजे नम्वरी रहेछौँ भुलेर पनि भुलाउन सकिएन झटारा कसैको । खोज्दै थिए बस्न कसैको अन्तर मन भित्र बन्यौँ चन्द्र रुपी दर्पण तारा कसैको । आफैंमा प्रगाढ हुनुपर्छ सदा निश्चल माया…
गजल ### मीठो मान्न बाध्य तकरार हजुरको । कति मात्र सहुँ म उद्गार हजुरको। पचाउन गाह्रो हुन्छ प्रत्येक प्रहार तिक्त वचनको अतिसार हजुरको। आफ्नै सन्तुष्टिको लागि छोडिएको वाण थाम्नै नसकिने अपरम्पार हजुरको । भान हुन्छ विष पान गरेका गाण्डीव सम्हाल्नै कष्ट भो असम्भार हजुरको । रित्तिउँन् पेचिला शव्द रिक्त भइ…
मनोकामना सु-स्वास्थ्य समृद्दिकाे शुभकामना । लोक सुसेली गुञ्जियो डाँडा पाखा ल्याइन् कोसेली । असारे भाका झ्याउरे घन्काउँदै लगाए पाखा । खेत खन्दछ हली अनि बाउसे रोपौं भन्दछ । पानी परेर मेलम्ची गाउँ झार्यो बाढी पसेर । लेक बसेर आउँदैछन्र रोपाहार बेसी झरेर । मानो छरेर फलाउनु पर्दछ घ्याम्पा भरेर ।…
पुष्कर अथक रेग्मी, पाल्पा - लुम्बिनी प्रदेश पाल्पा जिल्ला तानसेन जन्म भई सिद्धार्थ नगर भैरहवा, रुपन्देहीमा बसोबास गर्दै आएकी गंगा लिगल नेपाली साहित्यको श्रीवृद्धिका लागि बहुविधामा कलम चलाई करीव दुई दर्जन कृतिहरु प्रकाशित गरिसकेकी सशक्त नारी हस्ताक्षर साहित्य साधक हुन् । “साहित्य मेरो प्राण हो, कविता मेरो हृदयको स्पन्दन हो”…
सदा जस्तै नाति नातिनाले हजुरआमालाई घेरेर कथा सुनाउँन अनुरोध गर्छन् । हजुरआमाले ,ध्यान दिएर सुन्नुपर्छ है भन्दै थिइन् ,एकै स्वरमा हुन्छ भन्ने आवाज आउँछ । के सुनाउँ त सोच्दै.....। एकैछिन पछि ल सुन है त कथा भन्न थाल्नु हुन्छ , केटाकेटी वरिपरि झुम्मिन्छन् । कुनै गाउँमा एउटा किसानको परिवार रहेछ…
सुर्य आए उर्जा दिए कर्म गर्ने मर्म बुझ्ने शुभ दिन नभ मन । हिरनमयी आचार्य शर्मा गुवाहाटी गुवाहाटी ,असम,भारत ३/७/२१
मुक्तकः ===== (१) नगर्नु अवहेलना कसैलाई पनि, सम्मान गर्नु सबैलाई आफ्नै ठानी, भेदभाव, छुवाछुत अन्त्य हुनुपर्छ, सबै मिलेर काम गर्ने बसालौँ बानी । (२) बगेको खोला फर्केर कहिले आउँदैन, उद्देश्य सही भए बाधाले पछ्याउँदैन, हाँसोहरू रोदनमा परिणत भएपछि, आफन्तले पनि दुःखमा साथ लाउँदैन । (३) तितोपाती झैँ तितो नबनोस् जिन्दगी,…
“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म“ १. भोली आउला दुःख भनेर आज नबस तारा गनेर । २. दुःख त आउँछ जान्छ संघर्ष गर्नेले सुख पाउँछ । ३. कुण्ठाले फुँडो बनाउँछ चिन्ताले बुढो बनाउँछ । ४. चिन्ताले मनमा बनाउँछ सुल त्यसैले बसौं कुल कुल । ५. फाइदा छैन केही चिन्ता लिनाले सफल…
![]()