Thursday 17th September 2026

शिव कुमार रेग्मीका तीन मुक्तकहरू


मुक्तक
###
प्राकृतिक सौन्दर्य कै धनी हो पाल्पा जिल्ला,
१३७३वर्ग कि.मी.रहेको हाम्रो पाल्पा जिल्ला!
२ नगर पालिका र ८ गा.पा.छुट्याईएको यहाँ
सदर मुकाम तानसेन नै बनायो पाल्पा जिल्ला!!

करूवा,ढाका,बेतबाँस सामानले सजावट नै भयो,
चुकाउनी,बटुक र सेलरोटी मुख्य परिकार नै भयो!
रञ्जिका,रम्भादेवी,नारायणी,भगवती मन्दिर छन्,
त्यसैले पाल्पा नै नेपालको मुख्य तिर्थ स्थल भयो!!

श्रीनगर डाँडा बाट हिम-श्रृखला नै राम्रो देखिन्छ ,
चाँदमा गए पनि त्यहाँ मिहिनेती पाल्पाली देखिन्छ
मन मोहक प्राकृतिक धनि पाल्पा भएकै कारणले
संसार कै पर्यटक सुन्दर नगरी पाल्पा मै देखिन्छ !!

-शिव कुमार रेग्मी
पोखराथोक
पाल्पा


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा व्यक्तिगत रूपमा उपस्थित भएका छन्। सन् २०२५ मा हेग पुर्‍याइएपछि…

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

प्रतिकृयाहरू
...