Wednesday 30th September 2026

पञ्चाङ्ग साहित्य समाजको कार्य समिति गठन


तीतोपाटी – नेपाली कविता साहित्यको उपविधाको रूपमा केहि हप्ता अगाडि मात्रै परिकल्पना गरिएको “पञ्चाङ्ग साहित्य” को एक कार्य समिति गठन गरिएको छ । संसार भर छरिएर रहेका नेपाली साहित्यलाइ माया गर्ने र नेपाली साहित्यको जगेर्ना गर्न लागि पर्ने स्रष्टाहरूलाइ यस समितिमा समावेश गरिएको छ । पञ्चाङ्ग साहित्य समाज २०७८/०३/०१ तदनुसार सन् 2021/06/15 मंगलबारका दिन स्थापना भएकाे साहित्यिक प्रविधा हाे । यसका प्रवर्तक श्री साेम नाथ लुइटेल रवि पाल्पाली हाल युगाण्डा र श्री सुशिला पाैडेल अर्घाखाँचीका रहेका छन् ।

यसमा पाँच हरफकाे रचना, १२ देखि २० अक्षरका प्रत्येक हरफ बराबर अक्षरका हुन्छन् । काफिया र स्थायी अनिवार्य रहेकाे छ । पञ्चाङ्ग साहित्यको प्रवर्तक साेम नाथ लुइटेल रवि पाल्पालीका अनुसार यस विधाको परिकल्पना गरिएको छोटो समयमै स्वदेश तथा विदेशबाट यस विधामा कलम चलाउनेहरूको संख्या ह्वात्तै बढेर गएकोले यसलाइ व्यवस्थित गर्न र पञ्चाङ्ग साहित्यको विस्तार र विकासको लागि एक अन्तर्राष्ट्रिय स्तरको समिति अपरिहार्य भएकोले पञ्चाङ्ग साहित्य समाजलाई पूर्णता दिन हिँजो मिति २०७८/०३/२२ तदनुसार 2021/07/06 मंगलबारका दिन कार्य समिति गठन गरिएको हो । समितिमा संरक्षक, सल्लाहकार सहित गरि विभिन्न देशमा रहि साहित्यको श्रीवृद्धिको लागि कलम चलाउँदै आएका जम्मा २५ जना रहेका छन् ।

पञ्चाङ्ग साहित्यको गठित कार्य समिति निम्नानुसार रहेको छः

संरक्षक

१) नियात्राकार श्री प्रतीक ढकाल
२) वेदविज्ञ श्री तिलकप्रसाद लुइटेल
३) बृहत्तरकाब्यकार श्री चन्द्रप्रसाद न्यौपाने

कानुनी सल्लाहकार
१) श्री गंगा दाहाल

सल्लाहकार

१) श्री खगेन्द्र बस्याल
२) श्री शिव प्रसाद खनाल
३) श्री शर्मिला श्रेष्ठ
४) श्री मधुसूदन प्रसाद घिमिरे

 

प्रवर्तक
१) श्री सोमनाथ लुइटेल रवि पाल्पाली
२) श्री सुशीला पौडेल

 

कार्यसमिति

१) अध्यक्ष श्री सविता के.सी.
२) उपाध्यक्ष श्री चन्द्रावती अधिकारी

३) महासचिव श्री रामराजा के.सी.
४) सचिव श्री शारदा चौलागाईं
५) सचिव श्री लक्ष्मी बस्याल
६)सह सचिव श्री श्रीभक्त पौडेल
७) कोषाध्यक्ष श्री कमला महत
८)सह कोषाध्यक्ष श्री गंगाअर्जुन रिमाल
९) सदस्य श्री महेन्द्र क्षेत्री
१०)सदस्य श्री नानिमाया सुनुवार
११)सदस्य श्री रिता खराल
१२)सदस्य श्री केशव गाहा पाल्पाली
१३)सदस्य श्री राजन डाउका
१४)सदस्य श्री लिला के.सी.
१५) सदस्य श्री यमराज खड्का


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...