Thursday 17th September 2026

इन्द्र बोन्तावा ‘देवा’ को रचना “बाटो भत्किँदा”


बाटो भत्किँदा

###

लक्ष्य यात्रामा हिँडदा हिँडदै बाटो भत्किदिँदा
सपनाको महल बनाउन खोज्दा जमिन भासिदा
छाङ्गाबाट खसेछु खोलाको वगरमा पछारिएछु ।

धुजा भएको मुटु फेरि जोड्न खोज्दा
छातिमा बलेको अगो निभाउन खोज्दा
शुन्यतामा आज म एक्लै पागल भएछु ।

आशाको दियो हुरिवतासले निभाउँदा
आँखा वरिपरि सवैतिर अँध्यारो छाउदा
स्पन्दनरहित म त जिउँदो लास भएछु ।

कांडैकांडामा जिन्दगी मैले जिउनु पर्दा
अव्यक्त तृष्णाले आत्मा छटपटाइरहँदा
कुण्ठित वेदनामा आज मृत्यु पर्खिरहेछु ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा व्यक्तिगत रूपमा उपस्थित भएका छन्। सन् २०२५ मा हेग पुर्‍याइएपछि…

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

प्रतिकृयाहरू
...