तीतोपाटी डटकम-खुट्टामा 'कुरानको शब्द(कुरानिक पद)'को ट्याटु लेखेको कारण एक बेलायती यूबती कुवेतमा २४ घण्टा हिरासतमा बस्नु परेको छ। उनलाई इस्लाम धर्मालम्बीहरुको पवित्र ग्रन्थ कुरानका शब्दहरु ४ वटा ट्याटु मार्फत खुट्टामा लेखेको र यसले 'धर्मको पवित्रता हनन' गरेको आरोप लगाईएको थियो। उनले यी शब्दहरु कुरानको पद हो भन्ने थाहा नभएको र…
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, खाना पकाउने एलपी ग्याँस र मट्टीतेलको मूल्य वृद्धि गरेको छ । दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थको भाउ बढाएको निगमले आज राति १२ बजेदेखि मूल्य वृद्धिको भाउ लागू हुने जनाएको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले…
जापानका प्रधानमन्त्री फुमिदो किशिदा प्रधानमन्त्रीको रुपमा पुनर्निवाचित भएका छन्। उनी बुधबार संसदबाट प्रधानमन्त्रीको रुपमा पुननिर्वाचित भएका हुन्। गत अक्टोबर ३१ मा भएको पार्टीको अधिवेशनबाट उनी फेरि अध्यक्षमा निर्वाचित भएपछि बुधबार भएको संसदीय चुनावमा सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टीबाट भारी बहुमत प्राप्त गरेसँगै किशिदा प्रधानमन्त्रीको रुपमा पुननिर्वाचित भएको स्थानीय सञ्चारमाध्यममा खबर छ।…
जनता लुटी महेफील मनाउने तन्त्र भयो । गणतन्त्र भन्दा भन्दै गनाउने तन्त्र भयो । सार्वभौम स्वतन्त्रता गुमाएर स्वार्थभित्र , छातीमाथि खाडल नै खनाउने तन्त्र भयो । परालका खुट्टा हाली उभिएका नेतासँगै , बिदेशीले झड्का मार्दा झनाउने तन्त्र भयो । सन्तान नाता गोतालाई गाडी घोडा रोजगारी , देश बेची दरबार त्यो…
तितोपाटी- ओमान सरकारले ओमानमा कागजातविहीन भएर बसेका नेपाली आप्रवासी श्रमिकलाई बिनाजरिवाना स्वदेश फर्किने मौका दिएको छ । ओमानस्थित नेपाली दूतावासले सूचनामार्फत ओमानको श्रम मन्त्रालयको स्वीकृति लिएर डिसेम्बर ३१ सम्म ओमान छोड्ने अवसर दिएकाले कागजविहीन भएर बसेका नेपालीलाई अवसर लिन आग्रह गरेको हो । दूतावासका अनुसार यो अवसर सदुपयोग गर्दै स्वदेश फर्किएमा…
तितोपाटी- छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना…
तीतोपाटी - सृजनशिल युवा समाज नेपाल कुवेतको तेश्रो अधिवेशन आगामी १० डिसेम्बर २०२१ शुक्रबारका दिन मंगाफ ब्लक ४ स्ट्रीट २४ स्थित मेमोरियल हलमा सम्पन्न हुने भएको छ । समाजका अध्यक्ष पुष्कर धामीले तीतोपाटी डट कमलाइ सो कुराको जानकारी दिएका हुन् । कोरोना महामारीको कारण विगत २ वर्षदेखि अधिवेशन गर्न असम्भव…
सियरालियोनको राजधानी फ्रिटोनमा गत शनिबार इन्धन बोकेको ट्यांकर लरीसँग ठोकिंदा भएको विस्फोटमा सयाैं मानिसको ज्यान गएपछि त्यहाँ राष्ट्रिय शोकको घोषणा गरिएको छ। सियरा लियोनका राष्ट्रपति जुलिउस माडा बायोले तीनदिने राष्ट्रिय शोक घोषणा गरेका हुन। उक्त विस्फोटमा परी एक सय आठजनाको मृत्यु भएको थियो। त्यहाँ सोमबार, मंगलबार र बुधबार राष्ट्रिय शोक…
(१) भाइको नेत्र साहित्य क्षेत्र (२) जुनेली आयो शीतले छायो (३) त्रिशूल पायो शिवले गायो (४) शीतको अस्त्र शब्दको शस्त्र (५) साहित्य तिर जुनेली शिर (६) हाम्रै हो काव्य सबैछ सभ्य (७) साहित्य क्षेत्र पाल्पाली नेत्र (८) मिलेर हामी अगाडि जानी (९) मीठोमा मीठो बुझ्नमा छिटो (१०) काव्यमा हाम्रो जुनेली…
तीतोपाटी - विदेशी भूमि यूएईमा कार्यरत साहित्यकार नारायण कोइरालाको लघुकथा संग्रह 'मरुभूमिमा विस्फोट' नेपाल आउँदा आफ्नै जन्म थलो पाल्पा,तानसेनमा विमोचन गरिएको छ । शीत काव्य समाज नेपाल पाल्पाले साहित्यकार कोइरालाको दोस्रो कृतिका रुपमा लघुकथा संग्रह ‘मरुभूमिमा विस्फोट’ विमोचन गरेको हो । समाजले सोमबार तानसेनमा एक औपचारिक कार्यक्रमका बिच कृति विमोचन…
![]()