Sunday 18th October 2026

खुट्टाको ट्याटुको कारण २४ घण्टा प्रहरी हिरासतमा


तीतोपाटी डटकम-खुट्टामा ‘कुरानको शब्द(कुरानिक पद)’को ट्याटु लेखेको कारण एक बेलायती यूबती कुवेतमा २४ घण्टा हिरासतमा बस्नु परेको छ।

उनलाई इस्लाम धर्मालम्बीहरुको पवित्र ग्रन्थ कुरानका शब्दहरु ४ वटा ट्याटु मार्फत खुट्टामा लेखेको र यसले ‘धर्मको पवित्रता हनन’ गरेको आरोप लगाईएको थियो।

उनले यी शब्दहरु कुरानको पद हो भन्ने थाहा नभएको र दुई वर्षअघि आफ्नो देशमा ट्याटु बनाएको बताएकी थिइन।

ट्याटु हटाउने वाचामा हस्ताक्षर गरेपछि उनलाई आर्थिक ग्यारेन्टीमा २४ घण्टा पछी रिहा गरिएको थियो।

ब्यक्तीगत विवरण गोप्य राखिएकी ति बेलायती यूवती कुवेतमा शिक्षिकाकोर रूपमा काम गर्थिन।एक निजी अस्पतालमा एक कुवेतीले उनको खुट्टाको ट्याटु देखेपछि प्रहरीमा रिपोर्ट गरेका थिए।


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...