Thursday 25th April 2024

सियरालियोनमा तेल ट्यांकर विस्फोटमा सयाैंको मृत्यु, राष्ट्रिय शोकको घोषणा


सियरालियोनको राजधानी फ्रिटोनमा गत शनिबार इन्धन बोकेको ट्यांकर लरीसँग ठोकिंदा भएको विस्फोटमा सयाैं मानिसको ज्यान गएपछि त्यहाँ राष्ट्रिय शोकको घोषणा गरिएको छ। सियरा लियोनका राष्ट्रपति जुलिउस माडा बायोले तीनदिने राष्ट्रिय शोक घोषणा गरेका हुन।

उक्त विस्फोटमा परी एक सय आठजनाको मृत्यु भएको थियो। त्यहाँ सोमबार, मंगलबार र बुधबार राष्ट्रिय शोक मनाइने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। इन्धन बोकेको एउटा ट्यांकर अर्को सवारीसाधनसँग ठोक्किएपछि आगलागी भएको थियो। बिहानको समयमा किनबेचका लागि सडकमा सयौँ मानिसको भिड लागेको वेला दुर्घटना भएकाले धेरै मानवीय क्षति भएको जनाइएको छ।

राष्ट्रपति बायोले अस्पतालमा उपचाररत घाइतेहरूलाई भेटेर उनीहरूको अवस्थाबारे जानकारी लिएका छन्। उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका बताइएको छ। घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकारीहरूले अनुमान गरेका छन्।


सम्बन्धित शीर्षकहरु

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

नेपाली कथानक चलचित्र “महाजात्रा” यहि २५ अप्रिल २०२४ बिहीबारबाट कुवेतमा प्रदर्शनमा आउने भएको छ। कुवेत फाहाहिल स्थित आजीएल मलमा रहेको…

प्रतिकृयाहरू
...