Tuesday 14th April 2026

सृजनशिल युवा समाज कुवेतको तेश्रो अधिवेशन आगामी १० डिसेम्बर २०२१ मा हुने


तीतोपाटी – सृजनशिल युवा समाज नेपाल कुवेतको तेश्रो अधिवेशन आगामी १० डिसेम्बर २०२१ शुक्रबारका दिन मंगाफ ब्लक ४ स्ट्रीट २४ स्थित मेमोरियल हलमा सम्पन्न हुने भएको छ । समाजका अध्यक्ष पुष्कर धामीले तीतोपाटी डट कमलाइ सो कुराको जानकारी दिएका हुन् । कोरोना महामारीको कारण विगत २ वर्षदेखि अधिवेशन गर्न असम्भव भएकोमा हाल स्थिति सामान्य बन्दै गएकोले सामाजिक स्वास्थ्यको मापदण्ड पालना गर्दै अधिवेशन गर्न लागिएको अध्यक्ष धामीले बताए ।

“स्वदेशदेखि प्रवाससम्म गरौँ एकता, सबै मिली सामाजिक कार्यमा सामुहिक प्रतिवद्दता” भन्ने मुल नाराका साथ सन २०१६ मा स्थापना भएको सृजनशिल युवा समाजले स्वदेशदेखि विदेशसम्म समाजिक र मानविय सेवाका कार्यहरू गर्दै आएको छ । स्वदेशमा अनाथ असहाय बालबालिका लगायत असक्त बृद्धबृद्धाहरूलाई सहयोग, विभिन्न प्राकृतिक प्रकोपबाट पीडितहरूलाई सहयोग गर्दै तथा प्रवासमा अलपत्र परेकाहरूलाई उद्दार जस्ता कार्यहरूमा लागि पर्दै आएको छ ।

संस्थाले प्रवासमा रहेका नेपाली कामदारहरुको हक-हितको निम्ति र सामाजिक, सांस्कृतिक, खेलकुद तथा विभिन्न गतिविधिहरुमा संलग्न रहँदै आफ्ना भावी लक्ष्य उदेश्य बारे जानकारी गराई सामाजिक भावना भएका युवा वर्गलाइ सृजनशिल युवा समाजमा प्रवेश गराउने पनि जनाएको छ ।
समाजका अध्यक्ष धामीले तीतोपाटी सँगको कुराकानीमा भने, “हामीले बिभिन्न किसिमले पीडित भएकाहरूलाई सहयोग गर्ने र पीडित हुनुभन्दा अगाडी सतर्कता गराउनका साथै समाजमा हुने बिकृति बिसंगति जस्ता नकारात्मक कुराहरुको न्युनिकरण गरी सकारात्मक सोचको सृजना गर्ने नाम जस्तै समाजमा नयाँ कामको सृजना गर्ने प्रयास गरेका छौँ ।”

समाजले अधिवेशनको लागि नेपाली राजदूतावास कुवेत, गैरआवासीय नेपाली संघ लगायत कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी तथा प्रतिनीधिहरू, पत्रकार, समाजसेवी, वुद्धिजीवी, खेलाडी, कलाकार सबैलाइ अधिवेशन समारोहमा उपस्थितिको लागि छिट्टै नै निमन्त्रणा पठाइने जनाउँदै सो दिन कुनै पनि कार्यक्रम नजुधाइ दिनहुन कुवेतमा रहेका भात्री संगठन र सम्पूर्ण संघ संस्थाहरुलाइ हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रमको विवरणः
मितिः- डिसेम्बर १०, २०२१ शुक्रबार
स्थान ः- मंगाफ ब्लक ४, स्ट्रीट २४ मेमोरियल हल
समयः- दिउँसो ठिक ११ बजे
आयोजक ः- सृजनशिल युवा समाज नेपाल कुवेत

नोटः सिटी बसमा आउन फरवानिया जिलिवबाट १०६X आउने पाउना हरुले मंगाफ सि साइडको सिंग्लमा उत्रिनु हुन साथै मालिया हवालीबाट १०२ तथा ९९९ मा आउने पाउनाहरुले मंंगाफ फाहिल बिचको सिंग्नलमा उत्रिनु हुन पनि समाजले अनुरोध गरेको छ ।

जानकारीका लागि सम्पर्क नम्बर
पुष्कर धामी 51103432
बिजय लामा 65127954
बबाल ठकुरी 55148614
अंकित 66885801


सम्बन्धित शीर्षकहरु

रुसले इरानको समृद्ध (enriched) युरेनियम आफ्नो नियन्त्रणमा लिन प्रस्ताव अझै खुला रहेको जनाएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति…

रूस–युक्रेन युद्धमा पहिलो पटक मानवरहित सैन्य प्रणालीमार्फत शत्रुको एक स्थान कब्जा गरिएको युक्रेनी राष्ट्रपति Volodymyr Zelenskyy ले बताएका छन्। उनका…

पाकिस्तानको इस्लामाबादमा अमेरिका र ईरानबीच भएको उच्चस्तरीय वार्ता प्रमुख विवादका विषयमा सहमति जुट्न नसक्दा सम्झौताविना समाप्त भएको छ। अमेरिकी उपराष्ट्रपति…

प्रतिकृयाहरू
...