Monday 6th May 2024

कल्याणकारी नेपाली युबा समाज कुवेतद्वारा आयोजित सांगितिक धमाका भब्य रुपमा सम्पन्न


हरि कृष्ण न्यौपाने-लोक-पप गायक तथा मोडल दुर्गेश थापालाई अतिथी कलाकारको रुपमा ल्याएर स्थानिय कलाकारहरुको साथमा कल्याणकारी युबा समाज कुवेतले आयोजना गरेको सांगितिक धमाका-२०७५ भब्य रुपमा सम्पन्न भएको छ।डिसेम्बर-१४,शुक्रबार २०१८का दिन कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कूलमा आयोजित सांस्कृतिक धमाकामा कुवेतमा रहेका नेपाली दाजुभाइ-दिदिबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो भने अतिथी कलाकार तथा स्थानिय कलाकारहरुको प्रस्तुतीमा सबै झुमेका थिए।आफ्नो स्थापना काल देखीनै बिभिन्न राहत-उद्दार तथा कल्याणकारी कामहरु, खेलकुदहरु आयोजना गर्दै आएको कल्याणकारी यूबा समाज कुवेतले यो सांस्कृतिक कार्यक्रम तनहुँमा रहेको अनाथालयको सहयोगार्थ आयोजना गरेको थियो। 

आयोजक कल्याणकारी नेपाली युवा समाज कुवेतका उपाध्यक्ष प्रदिप कार्कीको सभापतित्व तथा नेपाली राजदुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्माको प्रमुख आतिथ्यमा सम्पन्न सांस्कृतिक कार्यक्रममा कुवेतमा रहेका नेपाली संघ-संस्थाहरुका प्रतिनिधिहरुको र पत्रकारहरुको पनि उपस्थिती रहेको थियो। आयोजक कल्याणकारी यूबा समाज कुवेतका महासचिब रबी बान्तवाले सबैलाई स्वागत गरेका थिए भने कार्यक्रमका सभापति,कार्यक्रम संयोजक,प्रमुख अतिथि,बिशिष्ट अतिथिहरुले सामुहिक रुपमा दिप प्रजलन गरी समुद्घाटन गरी कार्यक्रम शुरु गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्मा,आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ,पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरीकृष्ण न्यौपाने,सुदुरपश्चिम सेवा समाज कुवेतका अध्यक्ष अम्मर खड्का,लालीगुराँस साँस्कृतिक परिवार कुवेतका अध्यक्ष माधब पौडेल लगाएतले शुभकामना मन्तब्य राखेका थिए।

अतिथी कलाकारलाई लालीगुराँस साँस्कृतिक परिवार कुवेतका कलाकारहरुले पञ्चेबाजाद्वारा भब्य स्वागत गराउदै कार्यक्रम हलमा प्रबेश गराईएको थियो।कार्यक्रममा अतिथि चर्चित लोक पप गायक तथा मोडल दुर्गेश थापा,स्थानीय लोक गायक राजेन्द्र बिरही,लोक पप गायक बिबि मल्ल ठकुरी,खेम शाही ठकुरी,लालु परियार,राजु थापा,बिराज तामाङ,राजन सुबेदी लगाएतले आफ्नो स्वरको जादु देखाएका थिए भने पुजा बस्नेत,श्याम तामाङ, सोनु गुरुङ, सोफिया राई लगायतले नृत्य प्रस्तुत गरेका थिए। पन्ध्र सय भन्दा बढी गीतहरुमा स्वर भरिसकेका तथा धेरै म्यूजिक भिडियोहरुमा मोडलिङ गरेका अतिथी कलाकार दुर्गेश थापाले  देश भक्ती गीत”बिर गोर्खाली कित वार कित पार..”बाट आफ्नो प्रस्तुती शुरु गर्दै”कसैको भर छैन मलाई कसैको डर छैन ” बेहुला बनाउछु भन्थी बहुला बनाएर गई, “रातो रातो खुर्सानी” लगायत एक दर्जन भन्दा बढी गीतहरु गाएर उपस्थित सबैलाई झुमाएका थिए।त्यसो त स्थानिय कलाकारहरुको प्रस्तुतीमा पनि वान्स मोर-वान्स मोर भन्दै दर्शकहरु पूर्ण रुपमा मनोरन्जनमा झुमेका थिए।

पत्रकार आनन्द आचार्य र लोक गायक माधब शर्माले संयूक्त रुपमा कार्यक्रम सन्चालन गरेका थिए।कार्यक्रमको संयोजक नबराज पराजुली रहेका थिए भने कार्यक्रमको अन्त्यमा”हाम्रो एकता समाज सेवामा प्रतिवद्दता” भन्ने मुलनाराका साथ स्थापित कल्याणकारी नेपाली युवा समाज कुवेतका उपाध्यक्ष प्रदिप कार्कीले कार्यक्रमको अध्यक्षको स्थानबाट उपस्थित सबै अतिथिहरु, कलाकारहरु, साथ-सहयोग गर्ने सम्पूर्ण सहयोगिहरु र दर्शकहरुलाई कार्यक्रम सफल पार्न आ-आफ्नो ठाउँबाट गर्नु भएको साथ-सहयोग प्रती संस्थाको तर्फबाट आभार ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए।


सम्बन्धित शीर्षकहरु

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रसाद बराललाई ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान गरिएको छ । काठमाण्डौमा सम्पन्न नेपाल पत्रकार महासंघको २७ औं…

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

प्रतिकृयाहरू
...