Tuesday 15th September 2026

सुनुवार सेवा समाज कुवेतको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा भक्तराम सुनुवार


सुनुवार सेवा समाज कुवेतको दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भक्तराम सुनुवारको नेतृत्वमा संरक्षक, सल्लाहकार सहित ३७ सदस्यीय कार्य समिति समेत मनोनित गरेको छ । “पहिचान र समानताको लागि प्रतिबद्वता” भन्ने मुल उदेश्यको साथ २०१६ मा स्थापना भएको सुनुवार सेवा समाज कुवेतको आठौं वार्षिकोत्सव तथा दोश्रो अधिवेशन हिजो मिति ४ अक्टोबर २०२४ शुक्रबारको दिन कुवेतको खैतान स्थित राजधानी होटलको सभाहलमा सम्पन्न भएको हो ।

भक्त राम सुनुवारको सभाध्यक्षता,नेपाली राजदूतावास कुवेतकी प्रमुख अतिथि काउन्सिलर सुजनी राना, एनआरएन एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा तथा आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङको विशेष अातिथ्यता एवं विभिन्न राजनितीक दलका भातृ संगठनका प्रमुख एवं प्रतिनिधीहरू,कुवेतमा कृयाशिल मिडिया हाउसका पत्रकारहरू,विभिन्न संघ संस्थाका पदाधिकारी एवं प्रतिनिधिहरू साथै समाजसेवी/वुद्धिजीवीहरू अातिथ्यता साथै कुवेतमा विभिन्न पेशामा कार्यरत सुनुवार दिदीबहिनीहरू तथा दाजुभाइहरूको उल्लेख्य उपस्थितिमा दीप प्रज्वलन र केक काटेर उद्घाटन गरिएको कार्यक्रममा समाजको उपाध्यक्ष (जयप्रकाश सुनुवार) ले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि विशेष अतिथि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए।

सुनुवार सेवा समाज (शाखा) कुवेतले स्थापनाकाल देखि नै आफ्नो भाषा, धर्म सस्कृति, रितिरिवाज, परम्परा संरक्षण र सम्बर्द्धन हेतु विभिन्न कृयाकलापहरू तथा सामाजिक तथा मानवीय सेवाका कार्यहरु समेत गर्दै आएको छ। कार्यक्रमलाई थप आकर्षक गर्न सुनुवारहरूको मौलिक झाँकी,समाजका कलाकारहरुबाट सामूहिक गयान,नृत्य प्रस्तुतिले उपस्थित सम्पूर्ण दर्शकलाई भरपुर मनोरञ्जन दिलाएको थियो। समाजले विशेष योगदान गरेका ब्यक्तित्वहरु,सहयोगी संस्था, कलाकारहरूलाई सम्मानपत्र एवं प्रमाणपत्रबाट विशेष सम्मान गरेको थियो।

दोश्रो अधिवेशनबाट मनोनित नयाँ कार्यसमिति यस प्रकार रहेको छ ।

१) अध्यक्ष – भक्त राम सुनुवार (जिजिचा)
२) प्रथम उपाध्यक्ष – दिलेन्द्र सुनुवार (दुर्बिचन)
३) द्वितीय उपाध्यक्ष – बिदुर सुनुवार
४) तृतीय उपाध्यक्ष – देवराज सुनुवार
५) महिला उपाध्यक्ष – शान्ती सुनुवार (मुलिच)
६) महासचिव – हेम कुमार सुनुवार
७) सचिब – गंगा माया सुनुवार
८) सहसचिब – मिना देवी सुनुवार
९) कोषाध्यक्ष – देबी बहादुर सुनुवार (क्याब )
१०) सह कोषाध्यक्ष – खुष बहादुर सुनुवार (दसुचा)
११) झाँकी तथा खेलकुद प्रमुख – जयप्रकाश सुनुवार (थुँगुच)
१२) सारा बचत कोश अध्यक्ष – कृष्ण बहादुर तोकुच

सदस्यहरु
१३, सदस्य – गंगा बहादुर सुनुवार (गौरव)
१४, सदस्य – श्री बहादुर सुनुवार
१५, सदस्य – मकान सुनुवार
१६, सदस्य – उमेश सुनुवार
१७, सदस्य – गंगा बहादुर सुनुवार
१८, सदस्य – नरेश सुनुवार
१९, सदस्य – ठाकुर सुनुवार
२०, सदस्य – काजी सुनुवार
२१, सदस्य – अधीराज सुनुवार
२२, सदस्य – ओम माया सुनुवार (लिनुचा)
२३, सदस्य – भिम माया (बिनिशा) सुनुवार
२४, सदस्य – सोम माया सुनुवार
२५, सदस्य – सुशिला सुनुवार
२६, सदस्य – एलिशा सुनुवार
२७, सदस्य – मोहन सुनुवार
२८, मानार्थ सदस्य – कुमारी गुरुङ
२९, मानार्थ सदस्य – कौशाल्यान तमाङ
३०, सदस्य – नन्द बहादुर सुनुवार
३१, सदस्य – सुस्मा सुनुवार
३२, सदस्य – बिकास सुनुवार
३३, सदस्य – तिज बहादुर सुनुवार

संरक्षक तथा सल्लाहकार समिती–

१, संरक्षक – लाल बहादुर सुनुवार
२, सल्लाहाकार – तेज बहादुर सुनुवार
३, सल्लाहाकार – भिम प्रसाद सुनुवार (तोकुच)
४, सल्लाहाकार – जीवन कुमार सुनुवार (याता)


सम्बन्धित शीर्षकहरु

अमेरिकाले पहिलो पटक आफूले अन्तरिक्ष (स्पेस) मा हतियार तैनाथ गरेको कुरा सार्वजनिक रूपमा स्वीकार गरेको छ। अमेरिकी स्पेस फोर्सका अनुसार…

रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमध्ये २६९ पुरुष,…

पाकिस्तानमा उच्च प्राथमिकतामा खोजी गरिएका कुख्यात आतंकवादीहरूको सूचीमा जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको नाम समावेश भएको विषय अहिले फेरि चर्चामा आएको…

प्रतिकृयाहरू
...